भारतले नेपालसँग चीनको बदला लिँदैछः बिजुक्छे

भारतले नेपालसँग चीनको बदला लिँदैछः बिजुक्छे

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सन् १९६२ मा चीनसँग भएको युद्धमा नसघाउँदा नेपालले सधैं भारतको हस्तक्षेप र थिचोमिचो सहनुपरेको बताएका छन्।

पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा सोमबार भक्तपुरको दत्तात्रयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले सन् १९६२ को युद्धदेखि चीनको पक्ष लिएको भन्दै भारतले नेपालसँग बदला लिँदै आएको बताएका हुन्।

‘सन् १९६२ को चीन–भारत युद्धमा भारत हारिरहेको थियो। उसले नेपालसँग सहयोग पनि मागेको थियो। तर, चीन पनि आफ्नो असल छिमेकी भएकाले नेपालले भारतलाई पनि सहयोग गरेन’,उनले भने,‘त्यसबेलादेखि चीनको पक्ष लिएको भन्दै भारतले नेपालसँग बदला लिँदै आएको छ।’

बिजुक्छेले उक्त युद्धको हारको चीनसँग बदला लिन भारतले नेपालमा माओवादी जन्माएकोसमेत दावी गरे। नेपालका माओवादीहरुको व्यवहारले पनि सो कुरा पुष्टि गर्दै आएको उनको दावी थियो। ‘माओवादी सत्तामा जाँदा नेपालले सधैं गुमाउँदै आएको छ’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नेपाललाई भुटानको स्तरमा झारे। भारत अब नेपाललाई सिक्किम बनाउने उद्देश्यमा लागेको छ।’

नेपाललाई सिक्किम बनाउने भारतीय उद्देश्यअनुसार नै संविधान संशोधनको प्रस्ताव आएको सांसदसमेत रहेका बिजुक्छेको तर्क थियो। तर, संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने उनले जिकिर गरे।

‘माओवादीले एक–एक पाइला गरी नेपाल भारतको हातमा सुम्पँदै छ’, बिजुक्छेले भने, ‘पछिल्लो संविधान संशोधन नेपाललाई सिक्किम बनाउने उद्देश्यले आएको हो । जुन कुनै पनि हालतमा पारित हुन दिँदैनौं।’
एक फरक प्रसंगमा बिजुक्छेले देशमा क्रान्तिको परिस्थिति तयार भएको दावी गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.