पूर्वमन्त्री श्रेष्ठ वडा अध्यक्षमै पराजित

पूर्वमन्त्री श्रेष्ठ वडा अध्यक्षमै पराजित

दमौलीः पूर्वमन्त्री एवं राप्रपाकी केन्द्रीय सदस्य दुर्गादेवी श्रेष्ठ पार्टीको वडा अध्यक्षको चुनावमा‍ै पराजित भएकी छिन्। पार्टीको सोमबार दमौलीमा भएको भेलामा सर्वसम्मत नेतृत्वको माग गरेकी श्रेष्ठलाई सर्वसम्मत दिन अन्य आकंक्षी सहमत नभएपछि निर्वाचन समितिले मतदान गर्ने निर्णय गरेको थियो।

समितिले मतदानको तालिका सार्वजनिक गरेपछि पूर्व मन्त्री समेत रहेकी श्रेष्ठ राप्रपाको पार्टी कार्यालय दमौलीबाट बाहिरिएकी थिइन्। आफु सर्वसम्मत नेतृत्वको पक्षमा रहेको भन्दै केन्द्रीय सदस्य श्रेष्ठले मतदान हुने भएमा सहभागी नहुने भन्दै कार्यक्रमस्थल छाडेकी थिइन्। राप्रपा नेपालसँग एकीकृत भएको पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य बन्नका लागि वडा अध्यक्ष हुनै पर्ने प्रावधान भएपछि अध्यक्षका लागि चुनाव लड्न श्रेष्ठ गृहजिल्ला आएकी हुन्।

तर, तत्कालीन राप्रपा नेपालका सदस्यको बाहुल्यता रहेको वडामा अधिकांश प्रतिनिधि उनका आकंक्षी दिपु पन्थको पक्षमा देखिएपछि श्रेष्ठले मतदानमा सहभागी नहुने घोषणा गरेकी थिइन्।

निर्वाचन समितिले साँझ पाँच बजेसम्म पनि मतदानमा भाग नलिए पन्थलाई नै सर्वसम्मत घोषणा गर्ने चेतावनी दिए पनि श्रेष्ठ नगएपछि उपस्थित प्रतिनिधिहरुले पन्थलाई वडा अध्यक्ष घोषणा गरेका थिए। निर्वाचन संयोजक शिवराम पौडेलले पन्थको मात्र उम्मेदवारी परेकाले उनैलाई सर्वसम्मत घोषणा गरिएको बताए। शाही शासनकालमा मन्त्री समेत भइसकेकी श्रेष्ठ नेता लोकेन्द्रबहादुर चन्द निकट हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.