गृहमन्त्री निधि र यूएनओडीसी प्रतिनिधीबीच भेटवार्ता

गृहमन्त्री निधि र यूएनओडीसी प्रतिनिधीबीच भेटवार्ता

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र संयुक्त राष्ट्र संघको लागू औषध तथा अपराध (यूएन ओडीसी) हेर्ने कार्यालयका दक्षिण एसिया प्रतिनिधी सिर्गी कापिनोसबीच भेटवार्ता भएको छ।

सोमबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री निधि र कापिनोसबीच मानव बेचबिखन लगायतका सामाजिक अपराध नियन्त्रणमा सहयोग आदानप्रदान गर्ने विषयमा  कुराकानी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

भेटमा यूएन ओडीसीका दक्षिण एसिया प्रतिनिधि कापिनोसले सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका बिषयमा सहकार्य गर्न राष्ट संघ तयार रहेको बताएका थिए।

भेटमा गृहमन्त्री निधिले मानव बेचबिखन, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका बिषयमा सरकारी प्रतिबद्धता जनाएका थिए। उनले यी विषय सरकारको प्राथमिकतामा रहेको भन्दै त्यसमा राष्ट संघले गर्ने सहयोगका लागि धन्यबाद दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.