मन्त्री थानीले भने-यो दफा नभई हुँदै हुँदैन नभन्नुहोस्

मन्त्री थानीले भने-यो दफा नभई हुँदै हुँदैन नभन्नुहोस्

काठमाडौः सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐनपश्चात सहकारीमा समस्या समाधान हुने बताएका छन् ।

सहकारी विभागको आयोजनामा सोमबार राजधानीमा भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीमा बोल्दै मन्त्री थानीले सहकारीका समस्या समाधान गर्न ऐनमा स्पष्ट व्यवस्था हुने बताए । ‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित हुनेगरी सहकारी ऐन आउँछ’ उनले भने ।

सहकारीमैत्री ऐन ल्याउने संकेत गरेपनि अभियानले भनेजस्तो यो दफा हुनुपर्छ या हुनुहुँदैन भन्ने कुरा मान्य नहुने बताए । तीन खम्बे अर्थनीतिमा सहकारी उल्लेख गरेपनि सबल खम्बा बनाउन अभियान र राज्य संयन्त्रको सहकार्य खाँचो रहेको बताए । सहकारी क्षेत्रको प्रवद्र्धनबिना मुलुकको विकास असम्भव रहेको भन्दै मन्त्री थानीले भने–‘कुल ग्राहस्थ उत्पादनमा सहकारीले योगदान बढाउनुपर्छ ।’

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको उनको भनाई थियो । सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउँदै सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकरुपताको खाँचो रहेको बताए । रेमिट्यान्स सदुपयोग नभएको भन्दै सचिव सापकोटाले सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । उनले भने–‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ,यसलाई सहकारीको माध्यमबाट उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक छ ।’

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । उनले भने–‘सहकारीको गतिशीलतालाई राज्यले बुझ्न नसकेकाले उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’

केन्द्रिय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए । पाण्डेले सहकारीलाई पनि वैदेशिक ऋण लिन पाउने व्यवस्था गर्न माग गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.