तत्काल निर्वाचन घोषणा हुन्छः सिंचाई मन्त्री गिरी
दाङ: सिंचाईमन्त्री दीपक गिरीले तत्काल निर्वाचन मिति घोषणा हुने बतएका छन्। रिपोटर्स क्लब दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले घोषणा गरिएकै मितिमा निर्वाचन गर्ने गरी सरकार लागी परेकाले निर्वाचन घोषणा गर्न केही ढिलाई भएको दाबी गरे।
उनले सबैको सहमतिमा निर्वाचन घोषणाका लागि प्रधामन्त्री लगायत सरकार वार्ता र संवादमा निरन्तर लागिरहेको बताए। सिमांकनका विषयमा एमालेको असहमतिप्रति गिरीले आफैंले गरेको सहमति आफैले लत्याउनु राजनितिक ईमान्दारिता नहुने जिकिर गरे।
कार्यक्रममा मन्त्रि गिरीले राष्ट्रियताको सवालमा कांग्रेस प्रतिवद्ध रहेको दाबी गरे। राष्ट्रियताको सवालमा कांग्रेसको धारणाका विषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै गिरीले ईतिहासदेखि अहिलेसम्म राष्ट्रियताको वकालत कांग्रेसले नै गर्दै आएकाले यसबारेमा भ्रम नछर्न एमालेलाई आग्रह गरे।
मेचिदेखि महाकालीसम्मका बाझा जमिनमा सिंचाई पुर्याउनेतर्फ आफू नेतृत्वको सिचाई मन्त्रालय सदैव लागि परेको उनको भनाई थियो।
विभिन्न ठाउमा जमिन कटान रोक्नका लागि तटवन्धको कार्यलाई अघि बढाएको बताउँदै उनले वृहत्तर दाङ सिचाई आयोजनाको काम अघि बढिसकेकाले अब सिंचाईको चिन्ता हट्ने ठोकुवा गरे।