'सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खट्छ'
चितवन: रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताएका छ।
नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गरे।
अर्को प्रसङ्गमा उनले भने-पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।' रासस