अम्रिता इन्टिच्युट र एनगोजबीचबीच सम्झौता

अम्रिता इन्टिच्युट र एनगोजबीचबीच सम्झौता


काठमाडौं: भारतको केरलामा रहेको अम्रिता इन्टिच्युट अफ मेडिकल साइन्सेज र नेपालको एसोसिएसन अफ ननगभन्र्मेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाका बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्न सम्झौता गरेका छन्।

सम्झौताअनुसार भारतीय अस्पतालले एनगोज सदस्यता भएका नेपालका सबै स्वास्थ्य संस्थामा विशिष्ट र अर्ध विशिष्ट सेवाका लागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ।

साथै स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रूपमा स्वास्थ्य व्यवसायीको क्षमता अभिवृद्धि हुने संस्थाले जनाएको छ। नेपालका गैरसरकारी अस्पतालमा सूचना प्रविधिको प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम सुरु हुनेछ।

यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई-लर्निङ कार्यक्रम तथा कार्यपत्र प्रस्तुत हुनेछ भने स्वास्थ्य व्यवसायी, डाक्टर, मेडिकल विद्यार्थीका लागि आदानप्रदान कार्यक्रम सञ्चालन हुने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.