टीभीएसको 'राइड अफ प्राइड' सम्पन्न
काठमाडौं: जगदम्बा मोटर्सले हालैमात्र 'टीभीएस अपाचे आरटीआर ४ भी' का सुरुका ग्राहकलाई लक्षित गरी दुई दिनको साहसिक यात्रा सम्पन्न गरेको छ।
कम्पनीले धादिङको कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टमा शुक्रबार र शनिबार कार्यक्रम आयोजना गरेको थियो। ७० भन्दा बढीको सहभागितामा सुरु भएको बाइक र्याली टीभीएसको सोरुम नक्सालदेखि सुरु भएको र रिभरसाइड स्प्रिङ रिसोर्टमा पुगी टुंगिएको थियो।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल तथा मार्केटिङ प्रमुख विक्रम पौडेलले हरेक चालकलाई २० हजार पर्ने रेसिङ गियर वितरण गरेका थिए । सोही अवसरमा आयोजित लाइभ ब्यान्ड, डिजे सेसन तथा स्टन्ट सोको माहोलले सहभागी सबैलाई उत्साहित बनाएको थियो।
साहसिक यात्रामा सहभागीले त्रिशुली नदीमा रोमाञ्चक 'ह्वाइट वाटर र्याफ्टिङ' कोसमेत मज्जा लिएका थिए। दर्जनौं बाइक तथा टीभीएसका ब्रान्डेड रेसिङ गियरका साथमा फिर्ता भएका सहभागी राजधानी काठमाडौं आउने क्रममा देखिएको दृश्य रोमाञ्चक थियो।