वैशाखभित्र जुनसुकै हालतमा स्थानीय निर्वाचन हुन्छः देउवा

वैशाखभित्र जुनसुकै हालतमा स्थानीय निर्वाचन हुन्छः देउवा

नेपालगञ्जः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखभित्र स्थानीय निर्वाचन हुने दाबी गरेका छन्।

मंगलबार बाँकेको नेपालगञ्जमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै देउवाले वैशाखभित्र कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने दाबी गरेका हुन्।

उनले ०७४ माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले पनि वैशाखभित्रै स्थानीय निर्वाचन गराउनु पर्ने बाध्यता रहेको बताए। उनले भने,‘पुस÷माघमा जाडो हुन्छ। चुनाव गर्न सम्भव हुँदैन त्यसैले ०७४ मंसिरभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्छ। त्यही अनुसार नै प्रधानमन्त्रीलाई अघि बढ्न मैले आग्रह गरेको छु।’

देउवाले एमालेलगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको बताए। उनले भने,‘एमालेलगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्छ। प्रधानमन्त्रीलाई अग्रसरता लिन मैले पटक पटक निर्देशन दिएको छु।’

उनले संविधान संशोधनको विरोध गरेर मधेसी, आदिवासी जनजाति, थारुहरुको भावनालाई नकुल्चन एमालेलाई आग्रह गरे। उनले भने,‘मधेसवादी दलहरुलाई सहमतिमा ल्याउन संशोधन आवश्यक छ। त्यसैले म एमाले लगायत विपक्षी दललाई आग्रह गर्छु, संशोधनको विरोध गरेर उनीहरुको भावना नकुल्चनुस्।’ देउवाले एमालेलाई सहमतिमा आउन आग्रह समेत गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.