युनियन, सगरमाथा र बुमबीच सम्झौता
काठमाडौं : युनियन फाइनास लिमिटेड, सगरमाथा फाइनान्स लिमिटेड र बुम रेमिटेन्स प्रालिबीच सम्झौता भएको छ।
उक्त सम्झौताअनुसार बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास र सगरमाथा फइनान्सका सबै शाखामार्फत भुक्तानी हुनुका साथै बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) गर्न सकिने भएको छ।
बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तकाअनुसार बुम रेमिटको नेपालका ७५ वटै जिल्लामा ४००० भन्दा बढी प्रतिनिधि छन्। हाल बुम रेमिटले माल्दिभ्स र खाडी मुलुकबाट रेमिटेन्स कारोबार गर्दै आएको छ।
साथै कम्पनीले चाडै नै हङकङ, मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोबार सुरु गर्ने जनाएको छ।
आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ। पन्तकाअनुसार बुम रेमिटले विभिन्न बैंकसँगको सहकार्यमा विदेशमा पनि बजार प्रवद्र्धन गरी विदेशबाटै नेपालमा खाता खोल्ने प्रबन्ध मिलाएको छ।