सानिमा बैंकको यूएसडी क्रेडिट कार्ड
काठमाडौं: सानिमा बैंकले आफ्ना ग्राहकका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ।
यो कार्ड भिसा कार्ड स्वीकृत हुने भारत र भुटानबाहेक विश्वका सम्पूर्ण एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्नसकिने बैंकले जनाएको छ।
चिप प्रविधिमा आधारित उक्त कार्डबाट ग्राहकले सुरक्षित कारोबार गर्न सक्नेछन्। यो कार्ड विदेश भ्रमणका लागि जाने ग्राहकलाई निकै लाभदायक हुने बैंकले जनाएको छ।