सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलतः मन्त्री नायक

सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलतः मन्त्री नायक

भक्तपुरः कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु गलत भएको बताएका छन्।

मन्त्री नायकले राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकका नाममा आफ्नो निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानून विपरित रहेको भन्दै राष्ट्रिय हितका विषयमा सोच्न सरकारी वकिलहरुलाई आग्रह गरे।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मधेसी मोर्चा र प्रतिपक्ष दलले आफ्ना हठ त्यागेर दुवै पक्षले न्यूनतम साझा सहमतिको विन्दुमा आउनु नै उत्तम हुने बताए। उनले वकिलहरुले आफ्नो हठ कायम राखे देशले विभिन्न किसिमका संकट भोग्नु पर्ने र उनीहरुले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने बताए।

उनले सरकारले चुनाव गराउँदैन भनेर प्रतिपक्षी दलहरुले हल्ला चलाएको हल्लाका पछि नलाग्न आग्रह गरे।संशोधनको विधेयक प्रतिपक्षकै सहमतिमा ल्याइएको भन्दै मन्त्री नायकले भने,‘निर्वाचन सम्बन्धी विद्येयकसँगै संविधान संशोधन प्रस्तावमा सहमति जुट्छ।’

उनले संविधान कार्यान्वयनको सफल पक्ष निर्वाचन नै भएकाले निर्धारित समयमा निर्वाचन गराएरै छाड्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.