नेपाल र हङ्कङबीच मैत्रीपूर्ण तेक्वान्दो खेल हुने
काठमाडौँ: नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिए।
उक्त मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट एक प्रशिक्षकसहित तीन पुरुष र चार महिला खेलाडी यही माघ १३ गते नेपाल आउनेछन्।
मैत्रीपूर्ण खेलमा कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता रेजीना कार्की ९४६ केजी०, ज्ञानी चुनारा ९५७ केजी०, ताराकुमार रायमाझी ९५४ केजी०, महम्मद वेस ९६७० केजी र निश्चलमान श्रेष्ठ ९७४ केजी० ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, ५३ केजी तौल समूहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्मा थापाले प्रतिस्पर्धा गर्नेछिन्। नेपाल र हङ्कङका राष्ट्रिय टोलीले यही माघ १४ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संयुक्त रुपमा प्रशिक्षण लिने छन्।
माघ १६ गते नक्सालस्थित अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण लिने मैत्रीपूर्ण खेलका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोख्रेलले जानकारी दिए। रासस