पत्रकारिता तालिम सम्पन्न
काठमाडौंः सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशील महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित व्यावसायिक पत्रकारिता तथा उद्घोषण तालिम समापन भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताए । त्यस्तै सांसद रामेश्वर फुयाँलले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताए।
सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको बताए ।
एक महिनासम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार तथा प्राध्यापक रमेश शुभेच्छु, प्रतिक प्रधान, भीम गौतम, अनिल अधिकारी, बैकुण्ठ भण्डारी, रामकृष्ण अधिकारी, शेखर केसी, रामनाथ खनाल, दिनेश गौतम, कुमार घिमिरे, कृष्ण खत्रीलगायतले दिएका थिए । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको छ ।