सकारी वकिल बुधबारबाट काममा फर्किने
काठमाडौं : उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिल बुधबारबाट काममा फर्किने भएका छन् ।
मंगलबार कानुन मन्त्रालयमा भएको छलफलपछि आन्दोलित वकिल काममा फर्किन सहमत भएका हुन् । मन्त्रालको वार्तामा सरकारी वकिल र महान्याधिवक्ताले आन्दोलनमा उत्रिनु रहर नभर्इ बाध्यता भएको भन्दै माग सम्बोधन लागि आग्रह गरेका थिए।
महान्यायाधिवक्ता र सरकारी वकिलसँगको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले सरकारी वकिलले पठाएको मागप्रति न्यायपरिषद् गम्भीर रहेको बताउर्दै तत्काल माग सम्बोधनको प्रयास हुने आश्वासन दिएका छन् ।
न्यायपरिषद्ले सरकारी वकिलको मागप्रति गम्भीर ध्यानाकर्षण भएको र माग सम्बोधन गरेर विज्ञप्ति सार्वजनिक गर्ने र त्यही आधारमा सरकारी वकिलले समेत विज्ञप्ति सार्वजनिक गरेर आन्दोलन फिर्ता लिने सहमति भएको छ ।
आन्दोलनरत वकिलले बुधबार बिहान हुने वार्तापछि काममा फर्किने बताएका हुन् ।