चन्द्रागिरीबाट देखिएको दृश्य
चन्द्रागिरी हिमालको इतिहास पढेर चित्त बुझाउनुपर्ने बाध्यतालाई चन्द्रागिरी हिल्स प्रालिले केवलकार सञ्चालन गरेर अन्त्य गरिदिएको छ । चन्द्रागिरी जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको इतिहास छ । भालेश्वर महादेवको मन्दिर भएकाले धेरैले धार्मिक स्थलका रुपमा हेर्छन् । चन्द्रागिरीबाट हिमशृङ्खलाका मनमोहक दृश्य र समग्र राजधानी देखिने भएकाले आन्तरिक र बाहिय पर्यटकको दैनिक भिड लाग्ने गरेको छ । तस्बिर : लुइटेल दिनेश