सत्तारुढ दल र मधेसी मोर्चाको बैठक : एमालेलाई सहमतिमा ल्याउने निर्णय

सत्तारुढ दल र मधेसी मोर्चाको बैठक : एमालेलाई सहमतिमा ल्याउने निर्णय

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताबीच छलफल भएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेता सहभागी बैठकमा सहमतिकै आधारमा राजनीतिक निकास खोज्ने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार साँझ बसेको बैठकले सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तिब्रता दिने निर्णय गरेको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पुनसंरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए । बैठकमा सत्ता पक्ष, प्रतिपक्षी दल (एमाले) र मधेस केन्द्रित दलबीच सहमति जुटाएर संविधान संशोधन, स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुंगोमा पुग्ने निर्णय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठीलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.