किन जम्छ कलेजोमा बोसो!

 किन जम्छ कलेजोमा बोसो!

आधुनिक समयमा मानिस व्यस्त जीवनशैली बाँचिरहेको हुन्छ । कामको व्यस्तताले आधुनिक सुविधाको उपभोग गर्नु आजका मानिसको बाध्यताजस्तै बनेको छ । हामीले शरीरका लागि ऊर्जा प्राप्त गर्न र अन्य प्रक्रिया सुचारु राख्न खाद्यपदार्थ उपभोग गर्छौं । ती खाद्यपदार्थ पनि व्यस्तताका कारण घरमै बनेको नभएर बजारमा किनेर पनि उपभोग गर्नुपर्ने हुन्छ । हामीले खाएको खानाबाट प्राप्त ऊर्जा त्यही अनुपातमा खर्च भने नभएको हुन सक्छ । जुन बोसोको रूपमा शरीरमा जम्मा भएर बस्न थाल्छ ।

कसलाई बढी हुन्छ

. सहरबजारका बासिन्दामा शारीरिक रूपले निष्क्रिय जीवनशैलीका कारण

. अस्वस्थ्यकर खानपान

. कुर्चीमा बसेर काम गर्नुपर्ने बाध्यता

. पैदल कम हिँड्ने र सवारीसाधनको बढी प्रयोग

.मधुमेहका बिरामीमा करिब ९० प्रतिशत फ्याटी लिभरको समस्या देखिने गरेको छ ।

.मोटोपना बढी भएका व्यक्तिमा कलेजोमा बोसो जम्ने सम्भावना धेरै हुन्छ ।

.मदिरा सेवन गर्नेमा यो समस्या बढी देखिन्छ । मदिराले शरीरका अन्य भागमा भएको बोसोलाई समेत कलेजोतर्फ धकेल्न मद्दत गर्छ ।

.मदिरा सेवन गर्ने करिब ९० प्रतिशत व्यक्तिमा फ्याटी लिभरको समस्या देखिने गरेको छ ।

कसरी हटाउने बोसो ?

. कमाइभन्दा खर्च धेरै कम भयो भने धन सञ्चित भएझै खानापानभन्दा शारीरिक सक्रियता कम भयो भने बोसो जम्ने समस्याले सताउँछ । स्वस्थ्य कलेजोमा कुन कारणले बोसो जम्मा हुन थालेको हो त्यसको पहिचान गरेर बोसो आउने माध्यम बन्द गरेर बासो कम गर्न सकिन्छ ।

. स्वस्थ्यकर जीवनशैली अपनाएर फ्याटी लिभरको समस्यालाई सहजै जित्न सकिन्छ ।

. अल्कोहलिक वा ननल्कोहलिक जुनसुकै फ्याटी लिभर भए पनि मदिराजन्य पदार्थको उपयोग बन्द गर्नु उत्तम हुन्छ

. भैंसी, गाई, चौरी आदिको घिउ सेवन नगर्ने

. चारखुट्टे जनावरको मासु (रेड मिट) नखाने

. अन्डाको पहेँलो भाग नखाने

. चकलेट, नौनी, चिल्लो भएका वस्तु सेवन नगर्ने

. हरियो सागसब्जी, फलफूल, सलाद प्रशस्त खाने

. शरीरमा भएको बोसो पगाल्न शारीरिक सक्रियता, व्यायाम आदि गर्ने

. खानाको मात्रा घटाउनुका साथै दिनहुँ कम्तीमा तीन किलोमिटर छिटोछिटो हिँड्ने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.