जाडोमा केराउको फाइदा
हुन त सबै तरकारीका आआफ्नै फाइदा छन् । तरकारी स्वास्थ्यका लागि लाभकारी नै हुन्छन् । तीमध्ये पनि कुनै तरकारी मौसमअनुसार औषधीय गुण भएका हुन्छन् । यति बेला जाडोयाम बाँकी नै छ । जाडोमा केराउ (मटर) खानु निकै लाभदायक हुने विज्ञहरूको भनाइ छ ।
चिसो मौसममा केराउ प्रमुख तरकारी हो । केराउको स्वाद थाहा भए पनि यसको गुणका बारेमा धेरैलाई थाहा नहुन सक्छ । केराउको नियमित प्रयोगले क्यान्सर, मोटोपनलगायतका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ ।
. हरियो केराउको नियमित प्रयोगले क्यान्सरको खतरा कम गर्छ । हरेक दिन यो खानाले शरीरबाट क्यान्सरको घातक एलिमेन्ट हटाउने काम गर्छ ।
. हरियो केराउ फाइबरले भरिपूर्ण हुन्छ । यसले हाम्रो शरीरलाई इनर्जी दिनुका साथै मेटाबल्जिम बढाउने काम गर्छ । यसले शरीरमा भएको बोसोको मात्रा घटाउँछ ।
. नियमित केराउ प्रयोग गर्नाले मधुमेह हुँदैन । मटरले शरीरमा खुनको स्तरलाई नियन्त्रित गर्ने काम गर्छ । यसबाट मधुमेहको समस्या हुन पाउँदैन ।
. केराउले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन । यसको प्रयोगले शरीरमा ट्राइग्लिसराइड्सको स्तर बढ्न पाउँदैन र कोलेस्ट्रोल नियन्त्रण हुन्छ ।
. केराउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि लाभकारी मानिएको छ । केराउको लेप अनुहारमा लगाउँदा चाउरीपन कम भई चमक ल्याउँछ ।