सामसुङको जे २ एज नेपाली बजारमा

 सामसुङको जे २ एज नेपाली बजारमा

काठमाडौः सामसुङले सेल्फी फ्ल्याससहितको स्मार्टफोन जे २ एज नेपाली बजारमा ल्याएको छ । यो फोन नेपालमा पहिलो पटक ल्याइएको हो ।

सामसुङले मूल्य र प्रविधिका हिसाबले पनि यो मोबाइल फोन ग्राहकमैत्री रहेको विश्वास गर्दै विज्ञप्तिमा भनेको छ, ‘यो फोनमार्फत् ‘एस पावर प्लानिङ' प्रविधिलाई भित्र्याएको छ, जसले फोनको ब्याट्री वचत गर्न सहयोग गर्नेछ ।'

सामसुङले स्मार्टफोनको बजारमा प्रविधि र बनावटमा आफूलाई अब्बल साबित गरिसकेको छ । यसै क्रममा कम्पनीले आफ्ना ग्राहकलाई लक्ष्यित गरी यो स्मार्टफोन भित्र्याएको हो । कम्पनीको जे सिरिज विश्व बजारमै सफल सिरिजको रूपमा स्थापित छ । मिड रेन्जको स्मार्टफोनमा रहेको जे सिरिजका स्मार्टफोनले नेपालमा पनि सफलता हासिल गरिसकेको छ ।

कम्पनीका अनुसार, सेल्फी फ्ल्यासका भएको जे २ एज अन्य उत्पादनको तुलनामा सस्तो छ । बजारमूल्य १३ हजार नौ सय रहेको यो स्मार्ट फोनमा ५ इन्च क्युएचडी डिस्प्ले छ । १.५ जीबी र्‍याम प्रयोग गरिएको स्मार्टफोनमा ८ जीबी रोम प्रयोग गरिएको छ, एसडी कार्ड प्रयोग गरी मेमोरीलाई बढाएर एक सय २८ जीबीसम्म पुर्‍याउन सकिन्छ ।

नेपालका लागि कम्पनीको ह्यान्ड ह्यान्डलिङ प्रोडक्ट विभागका कार्यकारी प्रबन्ध निर्देशक प्रणयरत्न स्थापितका अनुसार स्मार्टफोनमा ‘एस वाइक मोड' का साथै ‘अल्ट्राडाटा सेभिङ मोड' को प्रयोग गरिएको छ । ‘एस वाइक मोड' ले चालकलाई जिम्मेवारीपूर्ण र तनाबरहित यात्रा गर्न मद्दत गर्नेछ । सामसुङले निर्माण गरेको एनएफसी ट्यागलाई वाइकको फ्युल ट्याङ्क वा हेलमेटमा टास्न सकिने छ ।

चालकले वाइक स्टार्ट गरेपछि उक्त ट्यागमा आफ्नो जे २ एज स्मार्टफोनलाई छुवाएर मोड अन गरी वाइक चलाउन सक्छ । ‘अल्ट्रा डाटा सेभिङ मोड' ले ५० प्रतिशतसम्म डाटा सेभ गर्न मद्धत गर्नेछ ।
फोनमा ‘टर्बो स्पीड टेक्नोलोजी' को पनि प्रयोग गरिएको छ, जसले फोनमा भएको एप्सलाई अन्य फोनको तुलनामा ४० प्रतिशत छिटो खुल्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

फोनमा १.४ गिगाहर्ज क्वार्डकोर प्रोसेसर प्रयोग गरिएको छ । जे २ एज मा एन्ड्रोइड ६.० अपरेटिङ सिस्टमको प्रयोग छ । स्मार्टफोनमा फ्ल्याससहितका ८ मेगापिक्सेलको मुख्य क्यामरा र सेल्फीको लागि सेल्फी फ्ल्याससहितको ५ मेगापिक्सेलमा फ्रन्ट क्यामरा जडित छ । फोनमा पावरका लागि २६ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यो स्मार्टफोनले फोरजी नेटवर्क सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.