परराष्ट्र नीति देशको हितमा हुनुपर्छ: परराष्ट्रमन्त्री महत

परराष्ट्र नीति देशको हितमा हुनुपर्छ: परराष्ट्रमन्त्री महत

 दाङ: परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको परराष्ट्र नीति छिमेकी देशहरु भारत र चीनका लागि समान रहेको बताएका छन।

नेपाल प्रेस युनियन दाङले बुधवार गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा.महतले नेपालको हितमा रहेर भारत र चीनमा सम्बन्ध बढाइरहेको जानकारी दिए।
उनले भने, 'परराष्ट्र नीति संवेदनशील हो, त्यो देशको हितमा केन्द्रित हुनुपर्छ' उनले भने- 'विदेशी राष्ट्रहरुसँग सरकारले यहि नीति अनुसार सम्बन्ध बढाइरहेको छ।'

उनले चीनसँग बन्द रहेका सबै नाका खुलाउने पहल भइरहेको समेत बताउँदै विदेशमा कामदारको रुपमा रहेको नेपालीहरुको वीमा योजना सुरु भएको जानकारी दिए। यस्तै अन्य देशमा श्रम मन्त्रालयको स्वीकृतीमा कार्यक्रम लागु भइसकेको भन्दै अब छिट्टै भारतमा रहेका कामदारहरुको लागि पनि वीमाको तयारी भइरहेको उनले बताए।

उनले भने, 'भारतमा नेपाली कामदार ठूलो संख्यामा रहेका छन तिनीहरुको सुरक्षाको लागि पनि यो आश्यक देखिएको छ। यसका लागि अध्ययन समिति समेत गठनको तयारीमा छ।'

मन्त्री महतले वैशाख भित्रमै स्थानीय निकायको निर्वाचन गर्ने सरकारले तयारी गरिरहेको दाबी गरे। वर्तमान सरकारको दुईवटा जिम्मेवारी हरेको भन्दै उनले सरकाले आफनो गति सोहि अनुसार क्रियाशिल हुने जिकिर गरे। संविधान कार्यान्वयन र विकास प्रमुख कार्य रहनेमा उनको जोड थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.