टिपिपी सम्झौताबाट बाहिरियो अमेरिका

टिपिपी सम्झौताबाट बाहिरियो अमेरिका

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) व्यापार सम्झौताबाट औपचारिक रूपमा हटाएका छन्। ट्रम्पले १२ देशको व्यापार सम्झौताको वार्ता प्रक्रियाबाट बाहिरिने आदेशमा हस्ताइार गरेका छन्। उक्त सम्झौता पूर्वराष्ट्रपति बाराक ओबामाको निकै ठूलो अन्तर्राष्ट्रिय व्यापार परियोजना थियो।

ट्रम्पले टिपिपीबाट अमेरिका बाहिरिने आदेशमा हस्ताक्षर गरेलगत्तै भने, ‘हामीले लामो समयदेखि यसका विषयमा कुरा गर्दै आएका थियौं। यो अमेरिकी श्रमिकका लागि निकै राम्रो अवसर हो।' ट्रम्पले आफ्नो प्रचार अभियानमा यसलाई खारेज गर्ने वचन दिएका थिए। रिपब्लिकनका तर्फबाट सिनेटर जोन म्याकेनले भने यसलाई ट्रम्पको गलत निर्णय भनेर आलोचना गरेका छन्।

ट्रम्पले निर्वाचन प्रचारका बेला टिपिपीको जस्तो मुक्त व्यापार सम्झौताबाट अमेरिकी श्रमिक र निर्माण क्षेत्रका लागि हानिकारक भएको जिकिर गर्दै आएका थिए। ट्रम्पले राष्ट्रपति बनेलगत्तै संरक्षणवादी व्यापार नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

टिपिपी सम्झौता खारेजीबाट अमेरिकी व्यापार नीतिमा नौलोपन देखिने स्पष्ट भएको छ। ट्रम्प प्रशासनको पहिलो कारबाहीबाट अमेरिकाको व्यापार नीतिमा निकै परिवर्तन हुने संकेत मिलेको छ। उक्त सम्झौता ओबामाको कार्यकालमा सुरु भएको थियो। उक्त सम्झौता अमेरिकी कंग्रेसले पनि पारित गरेको थिएन। यो सम्झौताको रिपब्लिकन र केही डेमोक्र्याट सिनेटरले पनि विरोध गरेका थिए।

सात वर्षको लामो छलफलपछि गत वर्ष फेब्रुअरी ४ तारिखमा न्युजिल्यान्डमा टिपिपी सम्झौतामा हस्ताक्षर गरिएको थियो। ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी रोजगार र निर्माण क्षेत्रका विपक्षमा थियो। यसअघि राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै ओबामा केयरका विपक्षमा हस्ताक्षर गरेका थिए। यो सम्झौतालाई ओबामाले एसियामा अमेरिकी प्रभावको रूपमा व्याख्या गर्दै आएका थिए।

ट्रम्पले सोमबार अमेरिकी कम्पनीका मुख्य कार्यकारी अधिकृत (सिइओ) सँग भेट गरेका थिए। उनले करमा ठूलो मात्रामा कटौती गरिने वचन दिएका छन्। उनले कतिपय अवस्थामा ७५ प्रतिशतसम्म कर कटौती गरिने आश्वासन दिएका छन्। उनले अमेरिकाका ठूला १२ वटा कम्पनीका सिइओसँग अमेरिकामा रोजगारी बढाउन आग्रह गरेका छन्। अमेरिकाभन्दा बाहिर लगेर उत्पादन गर्ने अमेरिकी कम्पनीलाई भने सीमा कर लगाइने स्पष्ट पारे। उनले भने, ‘हामीले मध्यम वर्ग र कम्पनी दुवैका लागि कर कटौती गर्दै छौं।' उनले अमेरिकामा अधिक रोजगारका अवसर निर्माया गर्नुपर्नेमा जोड दिएका छन्।

स्प्यानिस भाषाको वेबसाइट हटाइयो

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकाल सुरु भएसँगै ह्वाइट हाउसको स्प्यानिस भाषामा रहेको वेबसाइट हटाइएको छ। अमेरिकामा स्प्यानिस भाषीको ठूलो वर्चस्व रहेको छ। क्यानडा र ब्राजिल बाहेक दुवै अमेरिकी महादेशमा स्प्यानिस भाषको प्रभुत्व छ।

ट्रम्पले उक्त वेबसाइट हटाउन लगाएपछि सोमबार स्पेनका मन्त्रीहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन्। यसअघि स्प्यानिस भाषामा रहेको ह्वाइट हाउसको वेबसाइट हटाएपछि उक्त पेज खोल्दा ‘तपाईंले खोल्न खोज्नु भएको पेज भेटिँदैन' भन्ने सूचना मात्रै आउने बनाइएको छ।

स्पेनका मन्त्रीहरूले अमेरिकामा करिब पाँच करोडले स्प्यानिस भाषा बोल्ने र विश्वभर करिब ७० करोड मानिसले स्प्यानिस भाषा बोल्ने भए पनि उक्त वेबसाइट बन्द गरिनु आश्चर्यको विषय भएको बताएका छन्। स्पेनका संस्कृति मन्त्री इनिगो मेन्डेज डे भिगोले स्पेनी भाषाको वेबसाइट हटाइनु राम्रो नभएको बताउँदै भने, ‘यसले अमेरिकामा स्प्यानिस भाषाको प्रयोग न त रोकिने छ न यसको प्रसिद्धिमा नै कमी आउने छ।'

‘कुनै पनि समाजमा हुने ज्ञान र भाषाको प्रयोगले उक्त देशको अन्य मुलुकसँगको सम्बन्ध अनि सांस्कृतिक सम्बन्ध थप मजबुत गराउन मद्दत गर्छ,। त्यसैले वेबसाइट हटाउने काम गलत भएको छ', डे भिगोले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.