मेक्सिको सीमामा पर्खाल लगाउने ट्रम्पको घोषणा

मेक्सिको सीमामा पर्खाल लगाउने ट्रम्पको घोषणा

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा घोषणा गरेको वाचा अनुसार मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणा गरेका छन्।

बुधबार अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ६ महत्वपूर्ण आप्रवासीका नाममा आदेश जारी गर्दै मेक्सिकोमाथि केही दिनमै पर्खाल लगाउने घोषणा गरेकाे हाे ।

Mexico_Boarder_wallराष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै ६ मुस्लिम राष्ट्रका आप्रवासीलाई अस्थायी प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रिय सुरक्षालाई मध्य नजर गर्दै प्रतिबन्ध हुने राष्ट्रमा सिरिया, इरान, इराक, लिबिया, यमन, सुडान र सोमालिया रहेका छन्।

राष्ट्रपति ट्रम्पले मंगलबार ट्विट गर्दै भनेका छन् 'राष्ट्रिय सुरक्षाको लागि भोली ठूलो दिन हुन्छ। यसका साथै हामी अरु कुरासँगै सीमामा पर्खाल बनाउनेछौ।'




अमेरिका-मेक्सिकोको सीमामा पर्खाल बनाउन संघीय सरकारले रकम निकासा गर्नेछ। यस्तै ट्रम्पले अर्को हप्ता सीमामा पर्खाल लगाउनेबारे मेक्सिकोकी राष्ट्रपति एनरिक पेना नियटोलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटवार्ताको कार्यक्रम तय गरिएको छ।

ट्रम्पले घोषणा गरेको मुख्य योजनाले धेरै भन्दा धेरै शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कठिनाइ हुने सञ्‍चार माध्यमले दाबी गरेका छन्। तर, धार्मिक अल्पसंख्यक र उत्पीडनमा परेका सिरिया लगायत अन्य मुस्लिम देशमा रहेका क्रिस्चियनलाई भने अमेरिकामा प्रवेश गर्न दिइनेछ। उनीहरुलाई पनि चार महिनासम्‍म भने अमेरिका प्रवेशमा रोक लगाइने छ।

refugees_syrians

यता, ट्रम्पले घोषणा गरेको ६ मुस्लिम देशका नागरिकलाई तत्कालै भिसा नदिन अमेरिकी विदेश मन्त्रालयले सम्बन्धित देशलाई सूचना जारी गर्नेछ। यसको समयावधि एक महिनाको हुनेछ। यसैगरी निर्वासन जीवन बिताउन अमेरिका आएकाबाट जन्मिएका बालबालिकाको संरक्षणको काम समेत बन्द गरिने भिसा विभागका कर्मचारीले बताएको सञ्‍चार माध्यमले जनाएका छन् ।

यस्तै ट्रम्प राष्ट्रपतिको जिम्‍मेवारी सम्हालेको तीन दिनमा करीब १३६ सिरियन आप्रवासी अमेरिका आइसकेको अमेरिकाका आप्रवासी जनसंख्या विभागले जानकारी दिएको सीएनएनले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.