चितवनको 'बाँदरझुला बस्ती' स्थानान्तरण गरिने

चितवनको 'बाँदरझुला बस्ती' स्थानान्तरण गरिने

चितवन: माडीको बाँदरझुलामा रहेको बस्ती स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुलाको करिब एक हजार बिगाहामा सात सय घर धुरी बसोवास गर्दै आएका छन्।

उनीहरुका लागि स्वास्थ्य चौकी, विद्यालय, टेलिफोन टावर र सोलारसमेत जडान गरिएको छ। दैवी प्रकोपका कारण सुकुम्वासी बनेका बासिन्दा सो सार्वजनिक जग्गा अतिक्रमण गरी बसोवास गर्दै आएका हुन्।

उनीहरुलाई जिल्ला वन कार्यालयले हटाउन कोशिस गरेको थियो, सो ठाउँ २०५३ सालमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेपछि निकुञ्जले दुई पटक हटाउने प्रयास गरे पनि सफल भएको थिएन। विसं २०४८ तिरबाट सो ठाउँमा बस्ती बस्न सुरु गरेको हो।

बाँदरझुलामा रहेका बासिन्दालाई सार्न आवश्यक बजेटसहित सम्भावित स्थानको खोजी भूमिसुधार मन्त्रालयले गरिसकेको छ। मन्त्रालयको बसोवास शाखा हेर्ने उपसचिव गोपाल गिरीका अनुसार राष्ट्रिय योजना आयोगको मापदण्डअनुरुप एक घरका लागि ६ मिटरको बाटो पुगेको स्थानमा १३० वर्गमिटर क्षेत्रफल जग्गा उनीहरुलाई उपलब्ध गराइने योजना छ। जसकालागि हाल रहेको घरका सामग्री ढुवानी गर्न प्रतिपरिवार रु १० हजार र निर्माणका लागि अर्को रु १० हजार अर्थ मन्त्रालयमा माग गरी पठाइएको गिरीले बताए।

उनीहरुलाई स्थानान्तरणका लागि अयोध्यापुरी, गर्दी, कल्याणपुर, बघौंडा, जगतपुर, पिप्ले, भण्डारा, खैरहनी, देबौली, गुञ्जानगर लगायतका क्षेत्रमा रहेका सार्वजनिक जग्गा छनोट गरिएको छ।तीसुकुम्वासीलाई स्थानान्तरण गर्न गठित जग्गा अध्ययन समितिका सदस्य मनोज निरौलाका अनुसार ती ठाउँलगायत ५० भन्दा बढी कित्ताको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाइ सकिएको छ।

मन्त्रालयका उपसचिव गिरीका अनुसार अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै आवश्यक प्रक्रिया पूरा गरी उनीहरुलाई स्थानान्तरण गरिने बताउनुभयो।

बास्तविक सुकुम्वासीको पहिचान गरी उचित ठहरिएकालाई मात्र स्थानान्तरण गरिने छ। उनीहरुलाई व्यवस्थित बस्ती निर्माण गरी फरक÷फरक स्थानमा स्थानान्तरण गरिने उपसचिव गिरीले बताए।एकै ठाउँमा ठूलो मात्रामा सार्वजनिक जग्गा उपलब्ध नहुने र उनीहरुले स्थानीय रुपमा रोजगारी पाउन नसक्ने हुँदा फरक÷फरक स्थानमा राख्न लागिएको हो।

भूमिसुधार मन्त्री विक्रम पाण्डेले यो हप्ताभित्रमा अर्थ मन्त्रालयको स्वीकृति प्राप्त हुने बताउँदै यसै आर्थिक वर्षभित्र बाँदरझुला बस्ती स्थानान्तरण गरिसक्ने बताए। तवन क्षेत्र नं- ५ का सांसदसमेत रहनुभएका पाण्डेले उनीहरुलाई सकेसम्म आफ्नो क्षेत्र बाहेक अन्यत्र स्थानान्तरण गरिने बताउनुभयो।आफ्नो क्षेत्रमा सार्दा राजनीति गर्‍यो भन्न सक्छन्- ५ नं क्षेत्रबाहेक अन्यत्र सार्ने तयारीमा हामी छौ' पाण्डेले भने।

स्थानीयलाई समेत समस्या नपर्ने गरी स-साना व्यवस्थित बस्ती बन्ने मन्त्री पाण्डेको भनाइ छ।निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालकाअनुसार बाँदरझुला क्षेत्र वन्यजन्तुको ओहोरदोहोर गर्ने मुख्य ठाउँ हो।सो क्षेत्रको पूर्वमा ठोरीको निर्मल बस्ती, पश्चिममा माडीको अयोध्यापुरी, उत्तरमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणमा भारतको बाल्मिकी टाईगर रिर्जभ पर्दछ।सो क्षेत्रमा मानवबस्ती बसेसँगै वन्यजन्तुको बासस्थान प्रभावित भएको उहाँले बताए।

त्यसैगरी रिउ खोलाको माथिको तटीयक्षेत्र मानवबस्तीका कारण विनाश हुँदा तल्लो तटीयक्षेत्र पाण्डवनगर, गर्दी, बोटेसिमरा, सिमरालगायतका गाउँसमेत प्रभावित भएको उनले बताए। यसअघि चितवनकै निकुञ्जको बीचमा रहेको पदमपुर बस्तीलाई निकुञ्ज बाहिर नयाँ पदमपुरमा एकै ठाउँमा स्थानान्तरण गरिएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.