नेपालमा हस्तक्षेप गरेर भारतलाई के फाइदा ?

नेपालमा हस्तक्षेप गरेर भारतलाई के फाइदा ?

काठमाडौं : नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन्।

बुधबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै राजदूत रायले भने, ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन, हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ ?’ राजदूत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाइदा हुन्छ भन्दै उल्टै प्रश्न गरेका छन् ।

‘नेपाललाई फाइदा नहुने कुरा, भारतलाई पनि फाइदा हुँदैन्,’ राजदूत रायले भने, ‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिए पनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन ।’

उनले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप मजबुत र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन्।

साक्षात्कारमा बोल्दै राजदूत रायले नेपाल–भारत द्विपक्षीय सम्बन्ध अब सामाजिक, सांस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे, ‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिएका छन्।

‘आर्थिक साझेदारीका सुरुवात भइसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यही वर्षको मध्यतिर यो महायोजना लागुहुन्छ, यो लागु भएपछि सुदूरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरंग पैदा हुन्छ।’

राजदूत रायले माथिल्लो कर्णाली, अरुण तेस्रो परियोजना पनि अघि बढिरहेको उल्लेख गरे। यद्यपी उनले उक्त परियोजना निर्माणको क्रममा केही स्थानमा स्थानीयले अवरोध गरे पनि त्यसलाई समाधान गर्दैअघि बढ्ने विश्वास व्यक्त गरे।

नेपालमा हाइड्रो पावर प्रोजेक्ट निर्माण भए नेपाललाई फाइदा हुने उनको भनाइ छ। राजदूत रायले भने, ‘विजुली उत्पादन भएपछि नेपाललाई मात्रै होइन, यहाँ बढी भएको विजुली भारतलगायत अन्य मुलुकलाई नेपालले बेच्न पनि सक्छ ।’

उनले भारतले ट्रान्समिसन लाइन समेत निर्माण गरिदिएको बताए। रायले थपे, ‘ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएसँगै अब नेपालमा लोडसेडिङ् अन्त्य गर्न सहयोग पुग्छ ।’

अब रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा पुगेको र अबको दुई हप्ताभित्रै भारतबाट थप एक सय मेगाबाट विजुली नेपाल आउने उनले जनाए।

उनले पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गरिरहेको बताए। उनले भने, ‘हुलाकी राजमार्गको नयाँ मोडेलमा काम भइहेको छ, हालैमात्र कैलालीमा उद्घाटन गरियो, अहिले तराई मधेशमा काम तिव्र गतिमा अघि बढिरहेको छ ।’

उनले हुलाकी राजमार्ग र ऊर्जाको परियोजना सम्पन्न भएपछि विकासको आधार तय हुने विश्वास व्यक्त गरे।

राजदूत रायले नेपाल–भारत सम्बन्धमा राजनीतिक सम्बन्धको कुरा गर्ने हो भनेपनि यो बीचमा उच्च स्तरीय द्विपक्षीय भ्रमण भएको बताए ।

‘नेपालका माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जी दुई पटक भारत भ्रमणमा जानुभयो, परराष्ट्र डा. प्रकाशशरण महत पनि जानुभएको छ’, राजदूत रायले भने, त्यसैले द्विपक्षीय सम्बन्ध थप मजबदु बनाउने प्रयास भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.