दुई विधेयक पारित, चुनावको मिति घोषणा गर्न सांसदको माग

दुई विधेयक पारित, चुनावको मिति घोषणा गर्न सांसदको माग

काठमाडौं : स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला संसदले निर्वाचन आयोग र मतदाता नामावली सम्बन्धी विधेयक बुधवार पारित गरेको छ ।

दुई विधेयक पारितपछि निर्वाचनको आधार तय भएको भन्दै सांसदले अबिलम्ब चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । निर्वाचन सम्बन्धी अन्य तीन विधेयक सांसदको राज्य व्यवस्था समितिमा छलफलका क्रममा छन्।

संसदको बुधबारको बैठकमा एमाले सांसद गणेश पहाडीले निर्वाचन गर्न सरकारले आलटाल गरेको भन्दै आपत्ति जनाए । एमालेकै कृष्णभक्त पोखरेलले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन इन्कार गर्न नमिल्ने भन्दै त्यसलाई स्वीकार गरेर निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरे ।

एमालेकै अर्का सांसद तुलाराज विष्टले चैत वा वैशाखमा स्थानीय निर्वाचन हुने गरी मिति घोषणा गर्न माग गरे । नेमकिपाका प्रेम सुवालले स्थानीय तहको निर्वाचन गर्न दिन्न भन्नु निर्दलीयता भएको आरोप लगाए ।

१८ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुंदा करोडौँ रकम भ्रष्टाचार र अनियमितता भएको भन्दै उनले निर्वाचन घोषणा गर्न सरकारसँग माग गरे ।

एमालेका सांसद जनार्दन ढकालले उद्घाटन र शिलान्यासका कार्यक्रम छोडेर चुनावको मिति तोक्ने राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरे ।

तमलोपाका बृजेश गुप्ताले भने २ नम्बर प्रदेशमा छलफल नै नगरी स्थानीय तहको संख्या र संरचना बनाइएको भन्दै आयोगको प्रतिवेदन सच्याउनुपर्ने माग गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.