डा. महत सहभागी कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

डा. महत सहभागी कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

विदुर : नुवाकोटको पूर्वीभेगमा रहेको खानीगाउँ गाविसको ढिकुरेमा बुधबार कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको कार्यक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । डा. महत सहभागी कार्यक्रममै ढुंगा प्रहार भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीय निकाय पुनर्संरचनाको विषयलाई लिएर नुवाकोटको पूर्वीभेगमा रहेको खानीगाउँ, चौघडा, सूर्यमती र थानसिङ गाविसमा लिखु गाउँपालिका बचाउ संघर्ष समिति गठन भई दुई सातादेखि चरणबद्ध आन्दोलन भइरहेको छ ।

स्थानीयवासीको चाहना एवं भावनाअनुसार आफूले स्थानीय निकाय पुनर्संरचना आयोगलाई सुझाव दिएको उल्लेख गर्दै आएका डा. महत आन्दोलनले जनतालाई हित नगर्ने सन्देश दिने उद्देश्यले कडा सुरक्षाबीच खानीगाउँ पुगेका थिए ।

उक्त क्षेत्रका सांसदसमेत रहेका डा. महतको सुरक्षार्थ एकैपटक एक सयभन्दा बढी सशस्त्र र नेपाल प्रहरी परिचालन भएका थिए । कडा सुरक्षाबीच पनि प्रदर्शनकारीले कार्यक्रमस्थलमा ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

कार्यक्रम भइरहेका बेला महतकै अगाडि ढुंगा प्रहार भएपछि अ श्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीलाई तितरबितर पार्न ३० राउन्ड अ श्रुग्याँस प्रहार गरिएको छ ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि केही समय झडप भएको थियो । प्रदर्शनकारीले डा. महतविरुद्ध नाराबाजीसमेत गरेका थिए । सुरक्षा घेराबीच डा. महतले संयम भएर विकास निर्माणका कार्यमा सहभागी हुन स्थानीयलाई आग्रह गरे । स्थानीयकै भावनाअनुसार स्थानीय निकाय पुनर्संरचना गरिएको उनले बताए।

कार्यक्रममा सांसद बहादुरसिंह तामाङले स्थानीयवासीलाई शान्तिपूर्ण कार्यक्रममा आक्रमण नगर्न आग्रह गरे । वास्तविकता बुझेर मात्र संघर्षका कार्यक्रम गर्न आन्दोलनरत स्थानीयवासीलाई उनको आग्रह थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.