नहुने निर्वाचनभन्दा सत्ता त्याग्नु उत्तम : प्रधानमन्त्री

नहुने निर्वाचनभन्दा सत्ता त्याग्नु उत्तम : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई उदृत गर्दै मोर्चाका एक शीर्ष नेताले अन्नपूर्णसँग भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन् ।’

कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप दाहालले लगाएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन । निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ । गठबन्धनसँग भएको सहमति अनुसार सत्ता त्याग्छु । कुर्ची मोहमा राजनीति गर्दिन । म कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्न् ।’

‘२०१७ किन भनेको ? यो कृतिम भूत हो कि साँचो हो ? ’, मोर्चाका नेताहरूले राखेको जिज्ञासामा घुमाउरो भाषामा दाहालले भनेका थिए, माओवादी केन्द्रका लागि राजा, मोहन वैद्य, नेत्रविक्रम चन्द र मोर्चाका लागि सिके राउतलगायत मधेसका शक्ति छन् ।’

‘कांग्रेस र एमालेका लागि गम्भीर दुर्घटनाबाट कुनै संकट आइपर्दैन । तर २०६२-६३ का परिवर्तनकारी शक्तिका लागि आउने दिनहरू अझै चूनौतिपूर्ण छन्’ दाहालको विश्लेषण छ ।

मुलुकलाई राजनीतिक दुर्घटनामा पुर्‍याउन संशोधन कि निर्वाचन भन्दै दलबीच देखिएको ध्रुवीकरण राजनीतिक चालवाजी मात्रै रहेकोमा दाहालले जोड दिएका थिए ।

निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ । सत्ता त्याग्छु । कुर्ची मोहमा राजनीति गर्दिन । कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्न् । पुष्पकमल दाहाल प्रधानमन्त्री

सद्भावाना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यमा आफूहरूको स्वामित्व रहेको सन्देश पुर्‍याउन पनि बैठकमा आफूहरूले कुटनीतिक क्षेत्रमा सुरक्षा, संवैधानिक अंगमा प्रतिनिधित्वको माग गरेका थिए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा भनेका थिए, ‘यो मुलुकमा चार÷चारजना प्रधानमन्त्री बनाएको तथा राष्ट्रपति बनाएको पार्टीले भारतको सहयोगमा मधेस टुक्रयाउने खोल हुँदैछ भन्ने लान्छना लगाउँदासमेत राज्य कुनै कदम चाल्दैन । केबल बन्द कोठामा मात्र केही होइन भन्ने टिप्पणी मात्र गर्नु राम्रो होइन ।’सद्भावनाका अध्यक्ष महतोले अन्नपूर्णसँगको कुराकानीमा भने परिर्माजनसहितको संविधान संशोधनबीना निर्वाचनको मिति तय भए आफूहरू निर्वाचन छाडेर संघर्षमा जाने धारणा राखेको जानकारी दिए ।

तराई मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले संशोधनबिना निर्वाचन मिति नतोक्न मधेसी नेताको आग्रहलाई प्रधानमन्त्रीले मनन गरी सबैको सहमतिमा मात्रै निर्वाचन मिति तोक्ने बताउनुलाई सकारात्मक रुपमा लिएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.