भारतको गणतन्त्र दिवसमा नेपाललाई २० एम्बुलेन्स प्रदान

भारतको गणतन्त्र दिवसमा नेपाललाई २० एम्बुलेन्स प्रदान

काठमाडौं: भारतको ६८ औ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाललाई २० एम्बुलेन्स प्रदान गरिएको छ ।
भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिवद्धता सहित नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई २० एम्बुलेन्स र चार वटा बस उपहार प्रदान गरिएको छ ।

भारतीय राजदूत रणजीत रायले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन एम्बुलेन्स तथा बसको साँचो हस्तान्तरण गरेका थिए ।
भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लामा रहेका विभिन्न संस्थालाई ६ सय दुई एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेकोछ । त्यस्तै नेपालका २८ जिल्लामा रहेकाविभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाका विद्यार्थीलाई विद्यालयको सहज पहुँचका लागि एक सय १८ वटा बस प्रदान गरिसकेको छ ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा राजदूत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।

सो अवसरमा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भएको नेपाल भ्रमणलाई समेटेर तयार पारिएको कफी टेवल पुस्तिका विमोचन गरिएको थियो । कार्यक्रममा राजदूतावासको रक्षाविभागद्वारा नेपालमा बस्ने भारतीय भूपूहरुको लागि भारत सरकारले प्रदानगर्ने कल्याण कार्यक्रमहरु समेटेर प्रकाशित भूपू २०१६ नामक पुस्तकको पनि विमोचन गरिएको थियो ।

राजदूतले भारतीय सेनाका १४ भूपू सैनिक, उनीहरुका विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकहरुलाई रक्षा सहचारी कल्याण कोषबाट तीन करोड ७५ लाखको चेक तथा कम्बल वितरण गरिएको थियो । एक भूपू संगठनलाई दुई एम्बुलेन्स पनि उपहार दिईएको छ ।

कार्यक्रममा नेपालका दुर्गम स्थानमा रहेका पुस्तकालय, प्राथमिक विद्यालय, उच्चमाध्यमिक विद्यालय तथा महाविद्यालयसहित ६० शैक्षिक संस्था तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.