अप्रियाले भित्रायो स्पोर्टी स्कुटर
काठमाडौः नेपाली स्कुटर बजारमा अप्रिलिया एसआर थपिएको छ । एक सय ५४ सीसी क्षमताको एसआर स्कुटर काठमाडौंमा सार्वजनिक गरियो । डी लाइफस्टाइल कम्पनीले अप्रिलिया स्कुटर नेपाल भित्राएको हो । नेपाली युवालाई लक्षित गरेर स्कुटर बजारमा ल्याएको कम्पनीले बताएको छ । स्कुटरको मूल्य दुई लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।
आरामदायी यात्राका लागि स्कुटर उपयुक्त रहेको कम्पनीको दाबी छ । बाइकमा झैं स्पोर्टी यात्रा गर्न चाहानेका लागि एसआर स्कुटर भित्राइएको हो । यो स्कुटर हेभी इञ्जिनमा उपलब्ध छ । नेपाली बजारमा स्कुटर लोकप्रिय बन्ने कम्पनीले विश्वास लिएको छ । स्कुटरलाई दिएको डिजाइन यसको सबैभन्दा आकर्षक पक्ष हो । बाइक र स्कुटरको समी श्रणको रुपमा स्कुटर बजारमा ल्याएको छ । स्पोर्टी स्कुटरले युवावर्गलाई आकर्षित गर्ने विश्वास छ ।
यो स्कुटर सय किलोमिट प्रतिघण्टाको रफ्तारमा कुदाउन सकिन्छ । कम्पनीले यो स्कुटर रेसर प्रधान ब्रान्डको रुपमा नेपालमा भित्राएको हो । एक सय २२ केजी तौल भएको स्कुटरमा आकर्षक हेडलाइट प्रयोग गरिएको छ । हेडलाइटमा प्रयोग भएको रातो तथा कालो ग्राफिक्सका कारण स्कुटर आकर्षक देखिएको छ ।
स्कुटरको अगाडि पछाडि दुबैपट्टी १४ इञ्चको पांग्रा प्रयोग गरिएको छ । स्कुटरमा दुई सय २० एमएमको फ्रन्ट डिक्स ब्रेक र एक सय ४० एमएमएको रियर ड्रम ब्रेक छ । स्पोर्टी रेसिङ बाइक उत्पादनमा प्रख्याती कमाएको पियाग्गो कम्पनीले स्कुटर बजारमा नयाँपन ल्याउन एसआर स्कुटर निर्माण गरेको जनाएको छ । नेपाली स्कुटर बजारमा एसआरले छुट्टै पहिचान दिलाउने विश्वास कम्पनीको छ ।
मंगलबार आयोजीत कार्यक्रममा पियाग्गो ग्रुपले एप्रिलियाको प्रतिनिधित्व गर्दै भेस्पा र मोटो गुज्जीका सवारीसमेत प्रदर्शन गरेको थियो । भेस्पा स्कुटरको सफल वितरण गरेको डी लाइफले अप्रिलिया एसआर स्कुटर भित्राएको हो । अप्रिलिया एसआर कम्पनीका सबै शो–रुममा उपलब्ध हुने बताइएको छ ।
पछिल्लो समय नेपालमा भेस्पा स्कुटर निकै लोकप्रिय बनेको छ । युवतीमात्र नभएर युवाहरुले समेत भेस्पा स्कुटर रुचाएका छन् । सडकमा भेस्पाको उपस्थिती बाक्लै देखिन्छ । आकर्षक डिजाइन र पावरफुल प्रफमेन्स भएका कारण भेस्पा सर्वाधिक रुचाइएको हो । अप्रिलिया एसआरले पनि नेपालीको विश्वास जित्ने अपेक्षा गरिएको छ । यो स्कुटर पनि पावरफुल र आकर्षक रहेको छ । महिला तथा पुरुष दुबैको रोजाइमा अप्रिलिया एसआर पर्ने कम्पनीले बतायो ।
नेपालमा स्कुटरको बजार बढ्दै गइरहेको छ । युवा/युवतीदेखि बुढा/बढी सम्मले स्कुटर चढेको देख्न पाइन्छ । बाइकको बिक्रीभन्दा स्कुटरको बिक्री वृद्धिदर उच्च रहेको व्यवसायी बताउँछन् । स्कुटर मल्टियुज गर्न सकिन्छ । काठमाडौंजस्तो व्यस्त सडकमा बाइकभन्दा स्कुटर चलाउन सहज पनि हुन्छ । परिवारका सबै सदस्यले सजिलै स्कुटर कुदाउन सक्छन् ।
आकर्षक डिजाइन र पावरफुल इञ्जिनमा स्कुटरहरु भित्रिन थालेपछि बाइक बिक्री गरेर स्कुटर किन्नेहरु पनि भेटिन्छन् । पछिल्लो समय नेपालमा स्कुटर भित्रिने क्रम बढेको छ । यही क्रममा अप्रिलिया एसआर १५० स्कुटर भित्रिएको हो ।