लेनोभोको ‘विन्टरटास्टिक' अफर

 लेनोभोको ‘विन्टरटास्टिक' अफर

काठमाडौः लेनोभो स्मार्टफोनले आफ्ना ग्राहकलाई ‘विन्टरटास्टिक' अफर ल्याएको छ । नेपालका लागि लेनोभोको आधिकारिक बिक्रेता लाइफकम प्रालिले उक्त अफर ल्याएको हो । उक्त अफरमा आकर्षक छुट र विभिन्न उपहार रहेको कम्पनीले जनाएको छ ।

यो योजना देशब्यापी रूपमा हरेक लेनोभो स्मार्टफोनमा लागू हुनेछ । लाइफकम प्रालिद्वारा के५ नोटको खरिदमा फ्रि भीआर बक्ससँग रिमोट निःशुल्क प्रदान गर्नेछ । त्यसैगरि के४ नोटमा फ्रि भीआर बक्ससँगै रिमोट, ब्लुतुथ हेडसेटमात्र २५ हजार नौ सय ९९ मा प्रदान गर्नेछ ।

भाइब के ५ मा कम्पनीले फ्रि ब्लुतुथ हेडसेट, के ३ नोटमा भीआर बक्सका साथै ब्लुतुथ स्पिकरमात्र १७ हजार नौ सय ९९ मा प्रदान गर्ने जनाएको छ । भाइब पीवानएममा फ्रि ब्लुतुथ हेडसेट, भाइब सीमा फ्रि रिङ स्ट्यान्ड÷सेल्फी स्टिक र ए१००० मा फ्रि रिङ स्ट्यान्ड÷सेल्फी स्टिक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नेपाली फोन बजारका लागि लाइफकमले विभिन्न आकर्षक योजना ल्याउनुका साथै ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.