प्राइम कमर्सियलको १७.२५ प्रतिशत बोनस सेयर
काठमाडौः प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १७.२५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको नवौं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यावसायीद्वारा प्रवद्र्धित यस बैंकले विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि बैंकको सेवा र शाखासञ्जाल विस्तार गर्दै जाने र सेयरधनीलाई यथोचित प्रतिफल दिने जनाएको छ ।