सुर्खेत उपत्यकामा भेरी नदीबाट पानी ल्याइने

सुर्खेत उपत्यकामा भेरी नदीबाट पानी ल्याइने

सुर्खेत : सुर्खेत उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न भेरी नदीको पानी ल्याउने तयारी गरिएको छ । जनसंख्या वृद्धि भएसँगै उपत्यकामा खानेपानीको संकट भएपछि भेरी नदीबाट पम्पिङ गरेर पानी ल्याउने प्रक्रिया थालिने भएको हो । बर्सौंदेखिको खानेपानी समस्या समाधानका लागि आयोजनाको आवश्यक प्रक्रिया चालू आर्थिक वर्षमै सुरु हुनेछ ।

हाल उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भेरी नदीको पानी ल्याउन आवश्यक प्रक्रिया अगाडि बढेको जनाएको छ । भेरी नदीको पानी पम्पिङ गरेर उपत्यकामा ल्याउन चालू आर्थिक वर्षभित्रै आवश्यक काम थालिने संस्थाले बताएको हो ।

उपत्यकामा हाल दैनिक ४५ लाख लिटर खानेपानी अपुग रहेको र उक्त संकट टार्न भेरीको पानी ल्याउन लागिएको झुप्रा खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । चालू आवमै भेरीबाट पानी ल्याउन उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरी डिटेल प्रोजेक्ट रिपोर्ट तयार पारिने झुप्रा खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

‘खानेपानीको दीर्घकालीन समाधान खोज्दैछौं, त्यसका लागि भेरीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ । पानी आएपछि आपूर्ति सहज हुनेछ’, उनले भने । सुर्खेत उपत्यका सम्भावित प्रदेशको राजधानी भएको र यहाँको खानेपानी समस्या समाधानका लागि वैकल्पिक स्रोतको जोहो गर्न लागिएको उनको भनाइ छ । खानेपानीको आपूर्ति सहज बनाउन खरीखोला र बोरीखोला आयोजना निर्माण तीव्र पारिएको उनले बताए । आगामी फागुनभित्र उपभोक्ताको धारामा पानी खसाल्ने संस्थाको प्रतिबद्धता छ ।

यस्तै बुलबुलेको मुहान सञ्चालन, भसना बाँध र पातलगंगामा रहेको पानीको स्रोतको पनि प्रयोग गरिनेछ । अर्कोतर्फ इत्राम र खोर्केखोलाको मुहानमा पनि मर्मत गरेर उपत्यकामा पानीको आपूर्ति सहज बनाउने योजना रहेको संस्थाले बताएको छ । यसले हालको संकट टर्ने र उपत्यकामा खानेपानी सहज हुने अपेक्षा गरिएको छ । संस्थाले खानेपानीको आपूर्ति सहज बनाउनक चुहावट नियन्त्रणलाई कडाइका साथ अगाडि बढाउने रणनीति बनाएको छ ।

सरकारले चालू आवको बजेट भाषणमै भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउन पहल गरिने घोषणा गरिसकेको छ ।

हाल चुहावटको मात्रा २८ प्रतिशत रहेकोमा आगामी वर्षभित्र १५ प्रतिशतमा झार्ने संस्थाको तयारी छ । चुहावट र जथाभावी प्रयोगका कारण पनि पानीको समस्या बढेकाले संस्थाले अब भेरीको पानी ल्याउनुको विकल्प नभएको उल्लेख गरेको छ । हाल संस्थामार्फत उपत्यकामा १४ हजारभन्दा बढी धारा जडान भएका छन् । यस्तै तीन हजार ६ सय धारा जडानको सूचीमा छन् ।

उपत्यकाको जनसंख्या बढ्दै गएको र पानीको मुहानमा स्रोत घट्दै गएका कारण पानीको अभाव भएको हो । यो समस्या समाधानका लागि संस्थाले विभिन्न योजना अगाडि सारेको छ । संस्थाले पानीको आपूर्ति सहज बनाउने, वैकल्पिक स्रोतको जोहो गर्ने, चुहावट रोक्ने, पानीको सही प्रयोगबारे जनचेतना जगाउने, उपभोक्तालाई महसुल बुझाउन सहज सुविधा प्रदान गर्ने, संस्थाको कार्यालय भवन स्तरोन्नति गर्ने र अन्य सुधारका योजना पनि अघि सारेको छ ।

सुर्खेत उपत्यकाको खानेपानी आपूर्ति सहज बनाउन बेलैमा सोच्नुपर्ने सांसद सीता नेपालीको भनाइ छ । उपत्यका प्रादेशिक राजधानी हुने सम्भावना बढेकाले अब भेरी र कर्णाली नदीबाट पानी ल्याउनेतर्फ प्रक्रिया सुरु हुनुपर्ने उने बताइन् । वैकल्पिक स्रोतको पहिचान गर्दै थप पानी उपत्यकामा ल्याउन आफूले आवश्यक सहयोग एवं पहल गर्नेसमेत उनले प्रतिबद्धता जनाइन् । यसबारेमा सरकार र संसद्मा आवश्यक पहल थाल्ने उनको भनाइ छ । भेरीको पानी ल्याउन नसके अब उपत्यकामा खानेपानीको हाहाकार हुने संस्थाका पूर्वअध्यक्ष बालाराम शर्माले बताए ।

यहाँका सर्वसाधारणले समेत दीर्घकालीन समस्या समाधानका लागि भेरीको पानी ल्याउनेतर्फ पहल थाल्न आग्रह गरेका छन् । खानेपानीमा अनावश्यक राजनीति गर्न नहुने उनीहरूको भनाइ छ । सरकारले चालू आवको बजेट भाषणमै भेरीको पानी उपत्यकामा ल्याउन पहल गरिने घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.