निर्वाचन विथोल्ने षड्यन्त्र भयो : योगेश भट्टराई

निर्वाचन विथोल्ने षड्यन्त्र भयो : योगेश भट्टराई

काठमाडौं : एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

उनले पुष्पकल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचन गर्नुपर्ने माग गरे। ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिले पनि तयार छ,’ उनले भने ।

सचिव भट्टराईले नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्विपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे।

‘हरेक देशका आ–आफ्ना संवेदनशिलता हुन्छन्, नेकपा एमाले कुनै पनि मित्र राष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन,’ उनले भने, ‘हाम्रो देशको संवेदनशिलतामाथि पनि कसैले खेलवाड गर्न पाइँदैन्।’

जनसंख्या, भूगोल र आर्थिक सामाजिक रुपबाट मुलुक सानो ठूलो हुन सक्ने भएपनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठूलो नहुने उनको भनाइ छ ।

उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गरे । भट्टराईले भने, ‘नेपालले त इतिहासमै कहिल्यै पनि उपनिवेश नभोगेको देश हो भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’

साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका प्रभावशाली नेता एव्म पूर्वमन्त्री हरिबोल गजुरेलले आआफ्ना विचार राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.