संशोधन प्रस्तावले राजनीतिक निकास दिँदैन : यादव

संशोधन प्रस्तावले राजनीतिक निकास दिँदैन : यादव

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने, ‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरे पनि नगरे पनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन्।’

यादवले संसदमा दर्ता भएको विद्येयक पास गरेपनि केही नहुने र फेल भएपनि केही नहुने बताए । यादवले अहिले आफैँले बनाएको संविधान आफै उल्लंघन गर्ने काम भइरहेको समेत आरोप लगाए।

‘अहिलेको सरकारले आफूले बनाएको संविधान आफैँ उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके’, यादवले भने, ‘अझै ६–७ जना लाईनमा बसिरहेका छन्।’

उनले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए। यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकाले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे।

फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे। यादवले विदेश नीतिबारे सबै दलबीच एकरुपता हुनुपर्ने बताउँदै भने, ‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीबीच भिन्दाभिन्दै होइन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.