सुरक्षा निकायलाई चुनावको तयारीमा लाग्न प्रधानमन्त्रीको निर्देशन

सुरक्षा निकायलाई चुनावको तयारीमा लाग्न प्रधानमन्त्रीको निर्देशन

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायलाई तिनै तहको चुनावका लागि सुरक्षा व्यवस्थाको तयारीमा लाग्न निर्देशन दिएका छन्।

पोखराको लामपाटनस्थित शस्त्र प्रहरी बलमा बिहीबार आयोजित ११ औं ब्याजका पास आउट २५ इन्स्पेक्टरको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावमा सुरक्षा व्यवस्थाको तयारीमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

देशको संविधान कार्यान्वयनको चरणमा रहेको अवस्था र निकट भविष्यमा घोषण हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका लागि चनाखो भएर तयारी अवस्थामा रहन प्रचण्डले सुरक्षा निकायलाई निर्देशन गरे ।

विधिको शासनको मुलमर्मलाई आत्मसाथ गर्दै कानुन कार्यान्वयन गराउने निकार्य थप चनाखो एवम् होसियार रहेर आफ्नो काम कारवारी संचालन गर्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए।

देशमा दोहोरी रहने विपतका घट्नाबाट हुन सक्ने जनधनको क्षतिको न्यूनिकरणका लागि पनि तत्काल उद्धार, खोज र राहातका लागि पनि तयारी अवस्थामा रहने प्रधानमन्त्री दाहालले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.