उमेर हद राखेर स्ववियु चुनाव गर्नु हुँदैन : नेविसंघ

उमेर हद राखेर स्ववियु चुनाव गर्नु  हुँदैन : नेविसंघ

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेर हदबन्दी गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नहुने बताएको छ ।

शाखाले यहाँ बिहीबार पत्रकार सम्मेलन गरी लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसकेको वर्तमान अवस्थामा उमेर हद लगाएर निर्वाचन गर्न नहुने बताएको हो ।

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले २०६५ सालदेखि निर्वाचन नभएकाले उमेर हदबन्दी नगरी निर्वाचनमा जानुपर्नेमा जोड दिदैं उमेर हदबन्दीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

नेवि सङ्घकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले उमेरको हद लगाएर त्रिभुवन विश्वविद्यालयले चुनाव नगर्ने खेल गरिरहेको आरोप लगाएकी छिन् ।
‘निर्वाचन हुने आशमा विद्यार्थी दिनरात नभनी क्याम्पसमा बसेका छन् यस्तो अवस्थामा उमेर हदबन्दी लाग्नु कत्तिको उचित हो ?, थपलियाले प्रश्न गरिन् ।

स्ववियुमा उमेर हदबन्दीलाई लगाएर अगाडि बढे चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत सङ्घले गरेको छ ।

सङ्घले माघ १४ मा हरेक क्याम्पसमा कालो झण्डा गाड्ने, माघ १७ गते कालोपट्टिसहित सबै क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, माघ १८ मा नेविसङ्घ केन्द्रीय कार्यालय तालाबन्दी गर्ने र माघ १९ मा त्रिवि उपकुलपतिको कार्यालय घेराउ तथा तालाबन्दी गर्ने जनाएको छ ।

यसअघि नेविसङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने बताउँदै निर्वाचनका लागि उमेर हदबन्दी २८ वर्षे लगाउने निर्णय भने तत्काल सच्याउनुपर्ने बताएका थिए।

गत पुस २० गते त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचको मिति घोषणा गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.