भारतीय गणतन्त्र दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन

भारतीय गणतन्त्र दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

नेपालका लागि भारतका राजदूत रणजित रायले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, पूर्व उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका उच्च पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, वरिष्ठ सञ्चारकर्मीका साथै कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिकहरुको उपस्थिति थियो ।

दिवसको अवसरमा भारतीय कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसै उपलक्ष्यमा बिहीबार बिहान दूतावास परिसरमा आयोजित समारोहमा राजदूत रायले भारतको राष्ट्रिय झन्डा फहराएका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.