युवा परिषद् एमालेको कार्यकर्ता भर्ती केन्द्र होइन : तरुण दल

युवा परिषद् एमालेको कार्यकर्ता भर्ती केन्द्र होइन : तरुण दल

काठमाडौं : युवा परिषद्को केन्द्रदेखि जिल्लासम्म एमालेका कार्यकर्ताको एकलौटी रुपमा नियुक्ति भएको भन्दै नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै तरुण दलले युवा परिषद्मा भएको नियुक्तिप्रति आपत्ति जनाएको हो । ‘सरकारबाट राज्य तहमा गठन भएको युवा परिषद् आज केन्द्रदेखि जिल्लासम्म एमाले कार्यकर्ता भर्ती केन्द्रजस्तो भएकोमा नेपाल तरुण दल त्यसको घोर निन्दा गर्दछ ।’

तरुण दलले देशका सबै तहका युवालाई एकाकार बनाउन सक्ने गरी संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीको उपस्थितिको आधारमा युवा परिषद्को कार्यसमिति गठन गर्न समेत माग गरेको छ ।

तरुण दलले अघिल्लो सरकारले एकलौटी र मनोमानी ढंगबाट युवा परिषद्मा रातारात गरेको नियुक्ति र केन्द्रदेखि ६० जिल्लामा गठन भएका कार्य समिति तत्काल खारेज गर्न समेत माग गरेको छ ।

युवा परिषद्मा समानुपातिक नियुक्ति नभए सबै कामकारबाही ठप्प पार्ने चेतावनी समेत तरुण दल काठमाडौँले चेतावनी दिएको छ ।

तरुण दल काठमाडौँका अध्यक्ष जितजंग बस्नेतले युवा तथा खेलकुदमन्त्री मन्त्री दलजीत श्रीपाइलीलाई बुझाएको ज्ञापन पत्रमा समान नियुक्ति नभए युवा परिषद्का सम्पूर्ण काम ठप्प पार्ने उल्लेख गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.