२४ सय कर्मचारी सरुवा नियमअनुसार : प्राधिकरण

 २४ सय कर्मचारी सरुवा नियमअनुसार : प्राधिकरण

विद्युत प्राधिकरणले कर्मचारी सेवा विनियमावलीमा तोकिएको अवधि पूरा गरेका कर्मचारीहरुको सरुवा साउन र माघ महिनामा अधिकार प्राप्त अधिकारीद्वारा गर्न सकिने व्यवस्था अनुरुप कर्मचारीको सरुवा गरेको जनाएको छ।

स्वाभाविक प्रक्रिया र मापदण्ड अन्तर्गत ग्राहकमुखी क्रियाकलापलाई थप नतिजामुखी बनाउँदै अघि बढ्ने उद्देश्यले सरुवा गरिएको विषयलाई लोडसेडिङ तथा विद्युत चुहावट जस्ता विषयहरुसँग नकारात्मक रुपले गाँसी टिका टिप्पणी गर्न उपयुक्त नदेखिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा छ।

विज्ञप्तिअनुसार विभिन्न कसुरजन्य क्रियाकलापहरुमा संलग्न कर्मचारी उपर विद्यमान ऐन, नियम, विनियम बमोजिम अनुसन्धान, तहकिकात हुने र कसुर प्रमाणित भएको अवस्थामा सजाय हुने नै छ।

'इमानदारिताका साथ काम गर्ने कर्मचारीहरुको मनोबल उच्च राख्दै संस्थाको गरिमा अभिवृद्धि गर्ने कार्यमा कर्मचारीहरुको अधिकतम योगदान प्राप्त गर्न प्राधिकरण व्यवस्थापनले सदैव भेदभावरहित ढंगले कर्मचारीहरुका दक्षता, क्षमताका आधारमा काम गर्ने वातावरण तयार गर्न भविष्यमा समेत समयसापेक्ष निर्णयहरु गर्दै जानेछ,' विज्ञप्तिमा छ, ‘तसर्थ कर्मचारीको सरुवा जस्तो नियमित प्रक्रियालाई लिएर कुनै पनि कर्मचारी त्रसित हुनुपर्ने अवस्था नरहेको हुँदा यसाइर्ए स्वजाभाविक र सामान्य रुपमा लिइदिन समेत प्राधिकरण सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गर्दछ।'

प्राधिकरणले बुधबार वितरण तथा ग्राहक सेवा अन्तर्गतका दुई हजार चार सय ८० जना कर्मचारीको सरुवा गरेको थियो। उक्त सरुवालाई ‘बिजुली चोराउने कर्मचारी सरुवा’ भनी समाचार प्रकाशित भएपछि प्राधिकरणले खण्डन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.