नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ अवार्ड मीरा राईले जितिन्

नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ अवार्ड मीरा राईले जितिन्

काठमाडौं : विश्वकै चर्चित टेलिभिजन च्यानल ‘नेशनल जोग्राफिकको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवर्ड नेपाली चेली मिरा राईले जितेकी छिन् । अल्ट्रा म्याराथन धाविका मीराले विश्वका नौ जना साहसिक व्यक्तिलाई अनलाइन भोटिङमापछि पार्दै अवार्ड हात पारेको नेसनल ज्योग्राफिक अनलाइनले जनाएको छ ।

नेपाली धाविका मीरासँगै यो प्रतिस्पर्धाका लागि १० जना मनोनयनमा परेका थिए । गत १२ वर्षदेखि सञ्चालन हुँदै आएको साहसिक प्रतिस्पर्धामा अन्वेषण, संरक्षण तथा मानवीय क्षेत्रका उत्कृष्ट काम र साहसिक खेलमा सहभागी व्यक्तिको नाम छनोट गर्ने गरिन्छ ।



भोजपुरमा जन्मिएकी २९ वर्षीया मीरा किशोर अवस्थामा नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएकी थिइन । लामो समय माओवादीमा लडाकु भएर काम गरेरकी मीरा माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन प्रक्रियामा अयोग्य ठहरिएकी थिइन् ।



पूर्व लडाकु रहेकी मीरा गत वर्षमात्र फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो भएकी थिइन् । मीराको बारेमा  नेशनल जोग्राफीले बनाएको भिडियो :

यो पनि पढ्नुहोस्

'अयोग्य लडाकु' विश्व च्याम्पियन'

अल्ट्रा म्याराथनमा मीरा राईको छलाङ

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.