ज्ञवाली भन्छन्- चुनाव घोषणा नभए प्रचण्डको दिनगन्ती सुरु

ज्ञवाली भन्छन्- चुनाव घोषणा नभए प्रचण्डको दिनगन्ती सुरु

दाङः नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल चुनाव मिति घोषणा नगरे प्रचण्ड सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले शुक्रबार तुल्सीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आफूहरु चुनावको पक्षमा भएपनि सरकारले चुनावको मिति घोषणा गर्न नसकेको बताए । एकदुई दिनभित्रै चुनाव मिति घोषणा गर्न नसके प्रचण्ड सरकारप्रति जनताको विश्वास गुम्दै जाने उनको भनाई थियो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्ने बेला अरु बखेडा झिकेर संविधान कार्यान्वयन छायाँमा पार्न खोजेको ज्ञवालीले आरोप लगाए ।१५ वर्षदेखि स्थानीय निकायको चुनाव नहुँदा धेरै समस्या भएको भन्दै ज्ञवालीले भने-‘स्थानीय निकायको नभई स्थानीय तहको चुनाव हुनुपर्छ।'

संविधान संशोधन थाती राखेर संविधान कार्यान्वन्यनका लागि सबै दल लाग्नुपर्ने उनको भनाई थियो । संविधान कार्यान्वयनमा चुनौति देखिएको भन्दै ज्ञवालीले संविधान घोषणा गर्ने सबै शक्तिहरु एक हुनुपर्ने जोड दिए । ‘अब कुनै ठाउँमा एमालेको अवरोध छैन् ' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.