भोलिदेखि मौसम सुधार हुने हुँदा जाडो हट्ने

भोलिदेखि मौसम सुधार हुने हुँदा जाडो हट्ने

काठमाडौः पश्चिमी वायुको प्रभावका कारण बिहीबार साँझ देखि मौसम बदली हुदाँ शुक्रबार विहानदेखिनै देशभर बर्षा भएको छ । बर्षासँगै काठमाडौं उपत्यका देखि पश्चिमी क्षेत्रमा निरन्तर पानी परी रहेको मौसमविद् शान्ति कडेलले अन्नपुर्णसँग भनिन् ।

आज दिनभर मौषम बदली हुने भएकाले वर्षा पुर्वतर्फ सर्दै गएको छ, उच्च हिमाली भेगमा हिमपात भएको कडेलले बताइन् । हिमपात र पानी पर्दा सामान्य चिसो बढेको छ तर क्रमिक रुपमा तापक्रम बढ्दै जाने उनले बताइन् ।

शनिबारदेखि क्रमिक रुपमा मौसम सुधार हुदाँ तापक्रम बड्ने र जाडो हट्ने जल तथा मौसम विज्ञान विभाग कार्यालय एयरपोर्टले पूर्वनुमान गरेको छ । पश्चिम नेपालबाट वदली शुरु भएको मौषम पुर्वी भेगमा बदली हुँदै जाने कार्यालयको पुर्वनुमान छ । ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने छ ।

आइतबारदेखि घाम लाग्ने र अधिकतम तापक्रम घट्ने न्युनतम तापक्रम बढ्ने छ । बिहिबार बिहानको न्युनतम तापक्रम ९.४ डिग्री सेल्सीयस रहेको थियो । यो बर्ष माघ १ गते बर्षकै चिसो हुदाँ उपत्यकामा शुन्य दशमलव चार डिग्री सेल्सीयस रहेको थियो । गत वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोप) को दुई महिनाअघि भुटानमा सम्पन्न सम्मेलनले नेपालको मौसमको पूर्वानुमान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.