निर्वाचनको तयारीमा जुट्न दाहालको निर्देशन

निर्वाचनको तयारीमा जुट्न दाहालको निर्देशन

पर्वतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले' आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पर्वत महोत्सवको उद्घाटनका लागि आएका दाहालले फर्किने बेला पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् । उनले वैशाख अन्तिम साता स्थानीय तह, कात्तिकमा प्रदेश र माघ पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताए ।

उनले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस् र त्यसको तयारीमा लाग्नुहोस् ।' उनले भने । हल्ला सुनेर निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न पनि दाहालले निर्देशन दिएको प्रजिअ मरासिनीले जानकारी दिए ।

उनले पर्वतका कार्यालय प्रमुखलाई जनताको काममा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गरे । सरकारी कर्मचारीको सेवाबाट मात्रै आम नागरिकले राज्य र लोकतन्त्रको अनुभूति गर्ने भएकाले सेवा प्रवाहलाई सुस्त, चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । । भ्रष्टाचार न्यूनीकरणमा सघाउ पुर्‍याउन र बढ्दो बेरुजु फछ्र्यौटमा ध्यान दिन पनि दाहालले निर्देशन दिएका थिए ।

प्रधानमन्त्री दाहालले मुलुक संविधानको कार्यान्वयनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउँदै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका योजना र अन्य भौतिक पूर्वाधार विकासका काममा कुनै अवरोध आउन नदिन पनि सम्बन्धित कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिए । ‘काम हुन सकेन, बजेट खर्च हुन सकेन भने सरकारले अपेक्षित सफलता हासिल गर्न सक्दैन त्यसैले कार्यालयप्रमुख गम्भीर भएर लाग्न जरुरी छ उनको भनाई उद्धृत गर्दै प्रजिअ मरासिनीले जानकारी दिए ।

सो अवसरमा प्रजिअ मरासिनीले जिल्लाको समग्र वस्तुस्थिति जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन पालना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकका थिए ।

पार्टी कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन

यसैबीच, प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र पर्वतका कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन् ।

केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियानका रुपमा लाग्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.