मोडलिङमा भाग्य खोज्ने प्रयास

मोडलिङमा भाग्य खोज्ने प्रयास

दुर्गा थापा मगर मिस ब्युटी क्विन नेपाल २०१६ को उपाधि जितेपछि निकै उत्साहित छिन् । यस प्रतियोगिताबाट धेरै कुरा सिक्ने मौका पाएको बताउने उनको रुचि म्युजिक भिडियोमा छ । छोटो समयमै पहिचान बनाउन सकिने भएकाले युवापुस्ता म्युजिक भिडियोप्रति आकर्षित भएको उनको भनाइ छ । महोत्तरीको गौरीबासमा जन्मेकी २० वर्षीया उनी ६ वर्षअघि राजधानी आएकी हुन् । प्लस टु अध्ययनरत दुर्गासँग यिनै विषयमा भएको संक्षिप्त कुराकानीः

सौन्दर्य प्रतियोगितातिर कसरी आकर्षित हुनुभयो ?
मलाई पहिलेदेखि नै चाहना थियो । मिस ब्युटी क्विन नेपाल आयोजना भएको थाहा पाएपछि भाग लिएँ र शीर्ष उपाधि जित्न सफल भएँ । खुसी लागेको छ ।

अबको योजना ?
मलाई म्युजिक भिडियोमा रुचि छ । प्रस्ताव पनि आइरहेको छ तर अध्ययनले गर्दा समय मिलेको छैन । अब समय मिलाएर काम गर्ने सोचमा छु ।

म्युजिक भिडियोमै रुचि किन ?
छोटो समयमा पहिचान बनाउन सकिन्छ । मलाई मन पर्ने क्षेत्र पनि हो ।

पहिलो म्युजिक भिडियो कोसँग गर्न चाहनुहुन्छ ?
पल शाह । उहाँको अभिनय मलाई एकदम मन पर्छ ।

चलचित्रमा मौका पाउनुभयो भने कोसँग डेब्यु गर्न चाहनुहुन्छ ?
चलचित्रमा चाहिँ त्यति रुचि छैन । भनेजस्तो भयो र अभिनय गर्नु पर्‍यो भने अनमोल केसी, आर्यन सिग्देल वा आयुष्मान जोशीसँग अभिनय गर्न चाहन्छु ।

कला क्षेत्रमा परिवारको साथ ?
मेरो चाहनामा परिवारको साथ र सहयोग छ । खासगरी दाइ नवराज थापाले मलाई बढी प्रोत्साहन दिनुहुन्छ ।

दाइ कला क्षेत्रमा हो ?
होइन, उहाँ भारतको कलकत्तामा रेस्टुराँ व्यवसाय गर्नुहुन्छ ।

मोडलिङबाट करिअर बनाउन सकिन्छ जस्तो लाग्छ ?
जीवन नै यसैमा समर्पण गर्ने भन्ने होइन । केही समय काम गर्ने हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.