देशभरका थारू दाङमा

देशभरका थारू दाङमा

तुलसीपुरः तराईका धरतीपुत्र तथा आदिवासीको रूपमा रहेका थारू जातिको संस्कृति, परम्परा र भेषभुषा लोप हुन लागेको भन्दै देशभरका थारूहरू दाङमा जम्मा भएका छन् ।

पूर्व मोरङ, सुनसरीदेखि पश्चिम कञ्चलपुरसम्मका थारू अगुवा र संस्कृति संरक्षकहरू दुई दिनदेखि दाङमा भेला भएका हुन् । यसलाई थारूहरूले थारू ऐतिहासिक सांस्कृतिक महोत्सव भनेका छन् ।

दाङको चखौरमा भेला भएका थारूहरूले थारूको संस्कृति, रहनसहन, भेषभुषा र थारूले प्रयोग गर्ने सामग्री लोप हुन लागेको भन्दै त्यसको संरक्षण र जगेर्ना गर्न जुटेको बताए ।

थारू समुदायको पहिचान र संस्कृति संरक्षणका लागि पश्चिम दाङको चखौरामा पुराना वस्तु तथा कला प्रदर्शनीमा राखिएको छ । पूर्वी नेपालको मोरङ, सुनसरीदेखि पश्चिम नेपालको कैलाली, कञ्चनपुरसम्मका थारूहरूले आफ्नो संस्कृति झल्कने वस्तु तथा कला प्रदर्शनीमा राखिएको छ ।

दाङको पश्चिम भेगको ग्रामीण बस्तीको मध्य भागमा सञ्चालन गरिएको महोत्सवमा थारू समुदायभित्रका विविधता प्रस्तुत गरिएका छन् । नेपालमा रहेका सबै थारूहरूले आफ्नो संस्कृतिको चिनारी गराउने उद्देश्यले महोत्सवको स्टलसमेत व्यवस्थापन गरेका छन ।

राना थारू, दगौराथारू, देउखुर्‍या थारू, चितवन्या थारूलगायतका थारूहरूको लोपउन्मुख अवस्थाका भेषभुषा, नृत्य, खानपिन, पुराना सामग्री संरक्षणका लागि राखिएको मतहवा, बड्घर, भलमन्सा महासंघका अध्यक्ष सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

२० वटा स्टलमा थारूहरूले परम्परागत रूपमा प्रयोग गर्दै आएका विभिन्न थारू परिकारसमेत राखेका छन् । थारू स्टलमा मुसाको चटनीदेखि अनदीको भातसम्म राखिएको छ । मुसाको चटनी, डिक्री, घवाङटी, माछा, अनदीको भातलगायत खानाका प्रकार राखिएको छ ।

थारूहरूको परिकारमा गैरथारूहरूको घुइँचो लाग्ने गरेको मतहवा, बडघर भलमन्सा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । थारूहरूले चामल कुट्न प्रयोग गर्ने कोललगायत कपडा, थारू संस्कृतिभित्र रहेका भेषभुषालाई पनि त्यहाँ राखेका छन् ।

योसँगै अब चखौरालाई थारूहरूको अध्ययन थलो बनाउने गरी तयारी भएको चौधरीले बताए । सांसद चौधरीले तराईका १६ जिल्लामा थारू सांस्कृतिक भिलेज निर्माण गर्न लागिएको जानकारी दिए ।

परम्परागत व्यवसायमा संलग्न तथा परम्परागत सीप भएका गरीव तथा बिपन्न बर्गको उत्थानका लागि गरीबी निबारण कोष मार्फत सहयोग गरेको कोषका कार्यक्रम अधिकृत स्मीता मिश्रले जानकारी दिइन् । उनीहरुले उत्पादन गरेका वस्तुको प्रदर्शन तथा प्रवद्र्धनमा यस खालको महोत्सवले सहयोग गर्ने कुरा उनको भनाई थियो ।

गरिवी निवारण कोष दाङका कार्यप्रवन्धक किरण केसीले दाङ, कपिलवस्तु, म्याग्दी र दैलेख जिल्लामा उत्पादित हाते कागज, भेडाको उन, सावर, अल्लो, माटो तथा होजियारीवाट निर्माण गरिएका विभिन्न सामग्री महोत्ववमा प्रदर्शनमा राखिएको जानकारी दिए ।

परम्परागत सीप लोप हुदै जान लागेको, नयाँ पुस्ता यसमा आकर्षित हुन नसकेको अवस्थामा परम्परागत सीप र क्षमताको उत्पादन तथा प्रवद्र्धन गर्न कोषको सहयोग महत्वपूर्ण रहेको रहेको छ । होजियारी उत्पादन समुहका सदस्य रचना सुवेदीले सीप समय र बजारको माग अनुसार परिमार्जित गर्दै विभिन्न उत्पादन महोत्सवमार्फत बजारीकरण गर्दा बिक्रीवितरण बढ्ने विश्वास व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.