राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

दाङ : राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ।

राजधानीबाट धनगढीका लागि उडेको नेपाली सेनाको ‘पुमा’ हेलिकोप्टर दाङको भालुवाङमा रहेको सशस्त्र प्रहरीको ज्वालामाइगणमा आकस्मिक अवतरण भएको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेका अनुसार मौसम खराबीका कारण अवतरण भएको हेलिकोप्टर मौसम सफा नभएसम्म त्यही रहने छ ।

हेलिकोप्टरमा राष्ट्रपति भण्डारीका साथमा पूर्व गृहमन्त्री भीम रावलसहित १२ जना सहभागी थिए । दिउँसो एक बजेतिर अवतरण भएको हेलिकोप्टर मौसम सफा नभएसम्म त्यही बस्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.