मम किन यति लोकप्रिय भएको होला?

 मम किन यति लोकप्रिय भएको होला?

रमेश उप्रेती, नायक
मम अफोर्डेबल भएकाले लोकप्रिय हो। कुनै पनि स्टाटसका मानिसले मम अफोर्ड गर्न सक्छन्। स्वादिलो र सजिलो पनि उत्तिकै हुन्छ। म पनि बफ ममको एकदमै पारखी हुँ। स्टिम मम मीठो लाग्छ।

सन्तोष आचार्य, डीएसपी, महानगरीय प्रहरी वृत्त जनपथ
ल आज घरमा मम खाने है भन्यो भने त्यो दिन पारिवारिक माहोल अर्को हुन्छ। घरमा उत्साह थपिन्छ। यो बच्चादेखि बूढासम्मले मन पराउने खाना हो। जता पनि पाइने, स्वास्थ्यकर र मीठो भएकोले मम लोकप्रिय भएको हो।

यशोदा तिम्सिना, सूचना आयुक्त, राष्ट्रिय सूचना आयोग
मम खान सजिलो हुन्छ। काँटा चम्चा भएपछि हात धोइ राख्नु पर्दैन। सजिलो, स्वस्थ्यकर पनि हुन्छ। दसवटा डल्लो खाए अघाइन्छ। अझ यसलाई भाग लाएर आधा खान पनि सजिलो। सजिलो र अफोर्डेबल भएकोले लोकप्रिय भएको हो।

बबिता बस्नेत, सञ्चारकर्मी
मम अरूभन्दा फरक स्वादको खानेकुरा हो। यसको अचार पनि मीठो हुन्छ। अरू देशमा नेपालको जस्तो स्वादिलो मम पाइन्न। विदेशमा बस्ने नेपालीले पनि दालभात भन्दा पनि मम मिस गरेको पाउँछु। विदेशबाट यहाँ आउने नेपालीले पनि मम नै खोज्छन्।

इभाना मानन्धर, मिस नेपाल
मम जता पनि जहाँ पनि पाइने र स्वास्थ्यकर खाना भएकोले यति लोकप्रिय भएको हो। नेपालीहरू नेपालमा वा विदेशमा जता भए पनि मम रोजेको देखेको छु। मलाई पनि मम एकदमै मन पर्छ।

पवन वर्षा शाह, सञ्चारकर्मी (जापान)
मम सजिलो र स्वादिलो भएर लोकप्रिय भएको हो। जापानमा हामी कुन रेस्टुरेन्टमा मीठो मम पाइन्छ खोजीखोजी खाने गरेका छौ। मम सजिलै र जहाँ पनि पाइन्छ।

सजना तिमिल्सिना,सञ्चारकर्मी
मम विशेषगरी जाडोमा खाइन्छ। किनकि यसले शरीरलाई तातो बनाउँछ। त्यस्तै खाँदा मीठो र जता पनि सजिलै पाइने भएकोले मम लोकप्रिय भएको हो।

जनकविक्रम शाही, सामाजिक अभियन्ता (जापान)
जापानमा पनि मम निकै लोकप्रिय छ। प्रत्येक नेपाली रेस्टुरेन्टमा मम खानेको भिड लाग्छ। साथी एवं पारिवारिक जमघाटमा मम रोजाइमा पर्छ। त्यस्तै स्वादिलो र स्वस्थ्यकर भएकोले मम लोकप्रिय भएको हो।

निरञ्जन केसी, व्यवसायी
सानो हुँदा नेवार साथीभाइसँगको संगत र ठूलो भएपछि बढ्दै गएको रेस्टुरेन्ट संस्कृतिले गर्दा नेपालीमाझ मम लोकप्रिय बनाएको हो।

सोफी सुनुवार, मेकअप आर्टिस्ट
मम लोकप्रिय हुनु भनेकै सजिलै पाइने भएर हो। सजिलो मीठोबाहेक हामी आफ्नै रोजाइको मम खान सक्छौं। स्टिम, कोथे, सी, फ्राईलगायतका मम विभिन्न सिजनअनुसार पनि खान सक्छौ। साथीभाइमा बाँडिचुडी खान पनि सजिलो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.