निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः देउवा

निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः देउवा

नेपालगन्जः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा शनिबार बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।'

सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उनले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुने बताए ।

एक अर्को प्रश्नको जवाफमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउने बताए ।

उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए । स्थानीय निकायको निर्वाचनमा आफ्नो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.