स्ववियु निर्वाचन तालिका सार्वजनिक : फागुन १४ मा मतदान

स्ववियु निर्वाचन तालिका सार्वजनिक : फागुन १४ मा मतदान

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवीले फागुन १४ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रेक्टरप्रा.डा. सुधा त्रिपाठीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन्।

निर्वाचन कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवार मनोनयन पत्र वितरण, फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दर्ता गर्ने, फागुन ५ गते साँझ पाँच बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने र फागुन ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, फागुन ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने उल्लेख गरिएको छ । तालिका अनुसार मतदान भने फागुन १४ गते हुनेछ ।

त्रिवीले यस अघि २०६५ मा मात्र स्ववियु निर्वाचन गराएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेकाले यसलाई महत्वका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.